19 September 2021  |   आइतवार, अशोज ३, २०७८

देउसीभैलो सकिए सँगै पिकनिक जानेको लर्को

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४  

कविन्द्र परियार कोहलपुर, ०७ कार्तिक, नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको देउसीभैलो सकिए सगै पिकनिक जानेको लर्को लाग्न थालेको छ । देउसीभैलोबाट संकलित रकमबाट बनभोज जानेको दिनहु लर्को लाग्न थालेको हो ।
साथीहरुसँग मिलेर पिकनिक जाँदा निकै रमाइलो हुन्छ त्यसैले पिकनिक आएको बाँसगढी नगरपालिका –४ पहाडीपुरकी पुजा न्यौपानेले भनिन् । पिकनिक स्पोर्ट ढकेरीमा उनीसंगै आएकी रोशनी नेपालीले देउसीभैलो खेलेर पिकनिक आउँदा निकै रमाइलो हुने भएकोले पिकनिक आएको बताइन् ।
त्यस्तै टिकापुर नगरपालिका –१ का धिरेन्द्र रावलले पिकनिकका लागि ढकेरी पार्क राम्रो भएका कारण बाँकेमा पिकनिक आएको बताए उनीसंगै पिकनिक आएका जीवन रावलले तिहारमा साथीहरु मिलेर भैलो खेल्ने र सँगै पिकनिक आउँदा छुट्टै रमाइलो हुने बताए । त्यस्तै कोहलपुर नगरपालिका –४ की शान्ति काफ्लेले सबै साथीहरु मिलेर पिकनिक आउँदा रमाइलो हुने र मानसिक तनाव समेत कम हुने भएकाले पिकनिक आउनु राम्रो हुने बताईन् ।
यति बेला देउसीभैलोबाट संकलित रकमबाट पिकनिक जानेको संख्या बढ्दो छ । सोमबार मात्र ढकेरी पिकनिक पार्कमा ११ वटा टिम आएको पार्कका कर्मचारी गोविन्द थापाले जानकारी दिए । स्थानीय पार्क ,खोला तथा वनमा पिकनिक जानेहरुको घुईचो लागेको छ । बाँकेमा खासगरी ढकेरी पिकनिक पार्क ,राप्तीसोनारीको अगैया, कोहलपुर नगरपालिका–१० चटार बन्दा लगायतका स्थानहरुमा पिकनिक खानेहरुको चहलपहल बढेको छ ।
देउसी भैलोबाट संकलित रकमबाट थोरैले सामाजिक सेवामा खर्च गर्ने भएपनि अधिकांशले भ्रमण र पिकनिकमा सिद्धयाउने गरेको पाएको छ । समाज सेवा संस्था नेपाल बाँकेका अध्यक्ष विनोद थापाले आफुहरुले देउसीभैलोबाट संकलित रकम समाज सेवामा खर्च गरिने बताए ।
सुशासनका क्षेत्रमा काम गर्दै आएको संस्था बागेश्वरी असल शासन क्लब बासका निर्देशक नमस्कार शाहले देउसीभैलोबाट संकलित रकम अनुत्पादक क्षेत्रमा खर्च भईरहेको बताए ।
संकलित रकमको बीस देखि पच्चिस प्रतिशत रकम मनोरञ्जनमा खर्च गरेर अन्य रकम सामाजिक सेवामा खर्च गरेपनि धेरै काम गर्न सकिन्छ उनले भने । नियमन गर्ने निकाय नहँुदा संकलित रकम फजुल खर्चमा सकिने शाहको भनाई छ ।

 

प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४     11:54:49 AM  |