19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

घुससहित तीनजना नासु पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक ६, २०७४  

सुनसरी, कात्तिक ६ । सुनसरीको धरान उपमहानगरपालिकास्थित इलाका प्रशासन कार्यालयका तीनजना नायब सुब्बा घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग २० हजार रकम घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीको टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो । घुससहित पक्राउ पर्नेमा मुख्य नाइके भनिएका हर्कराज राई, युवराज पोखरेल र मोहन सुवेदी रहेका छन् ।

उनीहरुलाई अख्तियारका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल नेतृत्वको टोलीले कार्यकक्षबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका नासुहरुले नागरिकताको मिति सच्याउन आएका सुनसरी, बराहा नगरपालिकाका प्रकाश भट्टराईसँग २० हजार रकम दिएमात्र नागरिताको जन्ममिति सच्याइदिने भन्दै रकम असुल गरेका अख्तियारले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, कार्तिक ६, २०७४     6:37:48 PM  |