19 September 2021  |   आइतवार, अशोज ३, २०७८

पूर्व–पश्चिमको रोड शो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १, २०७४  

 मिसन समाचारदाता,  कार्तिक १ , कोहलपुरमा प्रधान कार्यालय रहेको पूर्व–पश्चिम यातायात व्यवसायी संघले मंगलबार संघ अन्तर्गत सञ्चालन हुने सवारी साधन (बस) को नेपालगञ्ज देखि मदनचोक सम्म रोड शो गरेको छ ।
अशोक लेलण्ड कम्पनीका सुविधा सम्पन्न, फ्रि वाइफाइ सहितका एसी बसहरु अबदेखि नगर बसको रुपमा सञ्चालन हुने संघका कार्यालय प्रमुख कार्यालय प्रमुख कृष्ण बहादुर कुँवरले जानकारी दिए ।
२०७४ को विजया दशमीदेखि सञ्चालन गर्ने भनिएपनि कम्पनीबाट समयमा उक्त कम्पनीका बसहरु आई नपुगेका कारण शुभ दिपावलीको अवसरमा मंगलबार रोड शो गराइएको हो । अबदेखि सो कम्पनीका सुविधायूक्त बसहरु नगर बसको रुपमा नियमित सञ्चालन हुने भएका छन् ।

प्रकाशित मितिः बुधबार, कार्तिक १, २०७४     8:09:23 AM  |