19 September 2021  |   आइतवार, अशोज ३, २०७८

नगरपालिकाको निःशुल्क स्वास्थ्य सेवा शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज ३०, २०७४  

स्वास्थ्य शिविरबाट १ सय २० जनाले सेवा लिए

जेष्ठ नागरिकलाई विरामी चेकजाँच गर्ने पर्चा हतान्तरण गर्दै । तस्विर ः मिसन

कोहलपुर, ३० असोज भीम रावत,  हलपुर नगरपालिकाको आयोेजनामा आइतबार कोहलपुर नगरपालिका वडा नं.१० र ११ को लागि सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट ५८ जना महिला र ६२ जना पुरुष गरी १ सय २० जनाले सेवा लिएका छन् ।

कोहलपुर नगरपालिकाको वार्षिक कार्ययोजना अनुसार ७० वर्ष उमेर पुरा भएका वृद्धवृदाहरुका लागि न

गररपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । कोहलपुर नगरपालिका–११ का ७३ वर्षिय रत्न बहादुर थापालाई चिकित्सकले विरामी चेकजाँच गर्ने पर्चा हतान्तरण गर्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने ७० वर्ष उमेर पुरा भइसकेका वृद्धवृद्धा अथार्त जेष्ठ नागरिकहरुका लागि सानो भएपनि सेवा पुगोस् भनेर हाल वर्षमा दुई पटक जेष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन गर्ने कार्ययोजना पास भएको बताए ।
रावतले भने–‘वृद्धवृद्धाहरुलाई घर आँगनमै स्वास्थ्य सेवा उपलब्ध गराउने र समाजका जेष्ठ नागरिकबाट उनीहरुले समाजलाई पु¥याएको योग्दानको कदर गर्न उहाँहरुलाई सम्मान गरिने छ’ । त्यस्तै उपप्रमुख सञ्जु कुमारी चौधरीले कोहलपुर नगरपालिकाले ७० वर्ष उमेर पुरा गरेका आमाबुवाहरुको स्वास्थ्य परीक्षण गराउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाले सबै आमाबुवाहरुले आ–आफ्नो स्वास्थ्य परीक्षण गराई लाभ लिन आग्रह गरिन् । कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर १० का अध्यक्ष निम बहादुर चलाउनेले शिविरमा आएका सबैलाई स्वागत गर्दै स्वास्थ्य शिविरबाट लाभ लिन समाजका जेष्ठ नागरिकहरुलाई अनुरोध गरे शिविरमा स्वास्थ्य परीक्षण गराउन आएका कोहलपुर नपा–११ का ७३ वर्षिय रत्न बहादुर थापाले ‘ हामी बुढाहरुका लागि गाउँघरमा निःशुल्क स्वास्थ्य परीक्षण गराउन पाउँदा खुसी लागेको छ र यस्तो सेवा वर्षमा दुई पटक होइन, धेरै पटक गराइदिए राम्रो हुने बताए’ । उनलाई खुट्टा झमझमाउने, आँखा दुख्ने र मुटेमा पनि समस्या रहेकोले थप परीक्षण गराउन आवश्यक रहेको परीक्षणमा संलग्न डा.सुनिता सेढाइले बताइन् । उपचारपछि उनी निःशुल्क सेवार औषधी पाएकोमा खुसी देखिन्थे ।
त्यस्तै कोहलपुर नपा–१० की ८० वर्षिया तिलकुमारी श्रेष्ठले ‘आफू घुुडा, टाउको, ढाड र छाती दुख्ने समस्या भएर चेक गराउन आएको बताइन्’ । उनले भनिन्–‘पहिले पनि अस्पताल गएर देखाएका, डाक्टरले औषधी खाएपछि सन्चो हन्छ भन्छन्, औषधी दिन्छन्, औषधी खाँदासम्म सन्चो हुन्छ, फेरि त्यसपछि उस्तै हुन्छ, अब त नगरपालिकाले आफ्नै वडामा स्वास्थ्य शिविर चलायो । पैसा पनि नपर्ने धेरै राम्रो भयो’ ।
वडा नम्बर १० कै ७८ वर्षिय भिमलाल उपाध्यायले आफू प्यारालाइसिस् भएर आएको बताए । ‘आफ्नो घर नजिकै नगरपालिकाले वृद्धवृद्धाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर चलाएकाले यही चेकजाँच गराउन आएको हुँ, हामी जस्ता वृद्धलाई यस्तो निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था भएकोमा धेरै खुसी लागेको छ’, उनले भने । स्वास्थ्य परीक्षण गराएका वृद्धवृद्धाहरु प्रायःजसोमा हाडजोर्नी दुखाई, ग्याष्ट्रिक, प्रेसरको लगायतको समस्या बढी देखिएको परीक्षणमा संलग्न डा.सुनिता सेढाइले बताइन् । डा.सेढाइले थप उपचार र परीक्षण गराउनु पर्ने अवस्थाका विरामीहरुलाई नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर जान सल्लाह दिएको जानकारी दिइन् ।
उक्त स्वास्थ्य शिविरमा कोहलपुर नगरपालिकाका स्वास्थ्यकर्मी कविराज निरीक्षक गौरीशंकर मण्डल, नेपालगंज मेडिकल कलेजका विशेषज्ञ चिकित्सक डा.सुनिता सेढाई र प्रवेश पन्त लगायतको टोलीले शिविरमा आएका वृद्धवृद्धाहरुको स्वास्थय परीक्षण गरेका थिए ।

प्रकाशित मितिः सोमवार, अशोज ३०, २०७४     10:34:08 AM  |