19 September 2021  |   आइतवार, अशोज ३, २०७८

‘म बाँच्न चाहन्छु’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४  

‘म भर्खर ३० बर्षकी भएँ । छालामा क्यान्सर भएका कारण भएभरको जायजेथा उपचार गर्दागर्दै सकियो । अहिले कम्तिमा महिनामा ९० हजार खर्च चाहिन्छ । त्यो खर्च कहाँबाट ल्याऊँ ? म बाँच्न चाहन्छु । कृपयाँ सहयोग गरिदिनुस ।’

आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेकी धरानकी कल्पना राईको आग्रह हो यो । उनले उपचारमा सहयोग जुटाइदिन पत्रकारहरूसँग आग्रह गरेकी हुन् ।

धरान १७ स्थायी घर भएकी राईको छालाको क्यानसरको उपचार गर्दागर्दै ७ महिनामा ८ लाख सकिएको छ । काठमाडौमा उपचार गराइरहेकी राईलाई थप उपचारका लागि आर्थिक अभाव भएको छ । उनको उपचारमा सहयोग गरिदिन राईकी छिमेकी साथी चन्द्रकला राईले आग्रह गरिन् । छिमेकी साथी चन्द्रकला राई कल्पनाको उपचारकालागि फेसबुकमा अभियान चलाउदै छिन् ।

छालाको दोस्रो स्टेजको क्यान्सर भएकाले तत्काल सल्यक्रिया नगरे ज्यान जोखिममा पर्ने डाक्टरले बताए पनि आर्थिक अभावका कारण उपचारमा समस्या भएको चन्द्रकलाले बताइन् ।

३० बर्षिया राई वैदेशिक रोजगारका क्रममा जोर्डनमा थिइन् । त्यहाँबाट कमाएको २ लाख, जोर्डनका साथीहरूले सहयोग गरेको डेढलाख, श्रीमानले दिएको ४ लाख र सरकारबाट प्राप्त गर्ने सहयोग रकम अहिलेसम्म उपचारमा सकिएको चन्द्रकलाले सुनाइन् । उनलाई सहयोग गर्न चाहाने व्यक्ति तथा संघसंस्थाले कल्पना राईको फोन नम्बर ९८०४०१५९५९ मा सम्पर्क गर्न हुन समेत आग्रह गरेकी छिन् ।

प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४     2:23:22 PM  |