सशस्त्र प्रहरीद्वारा भन्सार छलि ल्याएका राँगा पक्राऊ



मिसन समाचारदाता, कोहलपुर, असोज ३०,  ससस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मबाट खटिएको टोलीले अबैध रुपमा भन्सार छली नेपाल तर्फ भित्राईदै गरेको ८ ओटा रागाँ पक्राउ गरेको छ । सशस्त्र प्रहरी नायव निरीक्षक
द्रोण बहादुर बुढाको नेतृत्वमा गएको गस्ति टोलीले भन्सार छलि भारतबाट नेपाल भित्राईदै गरेको अवस्थामा नेपालगन्ज –१५ पिप्रहवाबाट राँगा पक्राउ गरेको सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म नेपालगन्जका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोस बिक्रम शाहले जानकारी दिएका छन् ।
पक्राउ गरिएका राँगा नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ । भन्सार कार्यालयले शनिबार नै ८ ओटै रागाँको १ लाख रुपैयाँमा लिलाम गरेको छ ।
राँगा पक्राउ परेपनि राँगा  कारोबारी व्यक्ति भने पक्राउ परेका छैनन । पछिल्ला दिनहरुमा अबैध रुपमा भारत तर्फबाट राँगा तथा गोरुको कारोबार बढिरहेको
छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ असोज २९ गते आइतबार