19 September 2021  |   आइतवार, अशोज ३, २०७८

अठ्ठाईस वर्षदेखि हात्ती सिहार्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २७, २०७४  

कविन्द्र परियार, कोहलपुर, २७ असोज / कुनै पनि काम लामो समयममा गरिरहदाँ दिक्क लाग्नु स्वाभाविक हो तर बदिर्याका एक व्यक्ति जो एउटै काम गरिरहेको २८ वर्ष पुग्दा पनि सो काममा तनमनका साथ लागीरहेका छन । सुन्दै अच्चम लाग्न सक्छ बर्दिया जिल्ला ठाकुरद्धारा नगरपालिका ९ का ५२ वर्षिय भग्गा थारु विगत २८ वर्ष देखि हात्ती स्याहार्ने काम गरिरहेका छन । यो उनको निजि काम भने
होइन उनी बाँके राष्ट्रिय निकुञ्जका बुचापुरमा रहेको हात्तीसारमा कर्मचारीको रुपमा कार्यरत छन ।

वि.स २०४७ सालमा हात्ती चालक माहुतेबाट सेवा प्रवेश गरेका उनी अहिले सुब्बा भइसके पनि उत्तिकै हात्तीको रेखदेखमा तल्लिन हुने गर्दछन । वि.स २०४७ सालमा बर्दिया जिल्लाको ठाकुरद्धाबाट माहुतेको रुपमा सेवा प्रवेश गरेका उनी हाल पछुवा, फर्नेट, दरौगा हुँदै सुब्बा पदमा पुगिसकेका छन । सेवा प्रवेश गर्दा २२ वर्षको थिएँ हात्तीको सेवा गर्दैमा २८ वर्ष विते अझै सेवा गर्दैछु’, उनले भने । हात्तीको रेखदेख गर्ने काम निकै गाह्रो भएपनि म निन्तर हात्तीकै सेवामा लागिरहे मुस्कुरादै उनले भने ।
उनी बिहानै उठेर रुखमा चढेर घाँस काट्ने दाना तयार गर्ने जस्ता कामहरु नियमित गर्ने गरेको बताउँछन । एकपटक जङगली हात्तीको आक्रमणबाट मुस्किलले बाँच्न सफल भएको र । २०७० सालमा आफ्नो एकजना साथीको हात्तीको आक्रमण ज्यान गएपछि जागिर नै छोडिदिउ जस्तो लागेको भग्गा बताउँछन । तर पनि निरन्तर सेवा गरेका कारण उन हात्तीको सेवा गरिरहन मन लाग्यो । २७ वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती चालकको रुपमा बिताएका उनी विगत १ वर्ष देखी बाँके राष्ट्रिय निकुञ्जको प्रमुख हात्ती चालकका रुपमा काम गरिरहेका छन ।
सुरुमा त सुब्बा बन्छु भन्ने लागेको थिएन तर अहिले खुसी छु । आफुले सक्ने बेला सम्म सेवा गर्ने मन छ उने भने उनी अहिले बाँके राष्ट्रिय निकुञ्ज हात्तीसारका प्रमुख बनिसकेका छन ।
निरन्तरसेवा गरिरहे अवश्य सफल भइदोरहेछ । उनले भने । सामान्य लेखपढ गरेको म अहिले सुब्बा बनेकोमा सबैको प्रशंसा पाएको छु उनले थपे । बर्दिया राष्ट्रिय निकुञ्जमा भन्दा बाँके राष्ट्रिय निकुञ्जमा हात्तीका लागि आवश्यक पर्ने प्रशस्त पानी र खाना नभएका कारण अलि बढी मेहनत गर्नु परेको उनको भनाई छ । उनका ३ छोरी ३ छोरा र श्रीमती छन् ।

प्रकाशित मितिः शुक्रबार, अशोज २७, २०७४     8:21:54 AM  |