19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लब बिजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २७, २०७४  

संगिन शर्मा, कोहलपुर असोज २८, 

कोहलपुरमा जारी टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लब बिजयी भएको छ । कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा बिहिबारदेखि सुरु भएको सिरिजको पहिलो खेलमा आयोजक मध्यपश्चिम क्लब विजयी भएको हो ।
टस जित्दै मैदानमा उत्रिएको मध्यपश्चिमले निर्धारित १२ ओभरमा ३ विकेट गुमाउँदै १ सय १९ रन जोडेको थियो । जसकालागी दिलिप सुनार र रोनक पराजुलीले अविजित ५४ र ३० रनको योगदान गरेका थिए । १ सय २० रनको लक्ष्य पछ्याएको माछागढ क्रिकेट क्लब सस्तैमा समेटियो । ठुलो स्कोर पछ्याएको माछागढका खेलाडीहरु ४७ रनमै अलआउट भएका थिए ।
माछागढका खेलाडीहरुलाई धरासायी बनाउने क्रममा मध्यपश्चिमका सुजन क्षेष्ठले ४ र रोहीत सापकोटाले ३ विकेट लिन सफल भएका थिए । खेलको मेन अफ द म्याच सुजन क्षेष्ठ र दिलिप सुनार घोषित भए ।

प्रकाशित मितिः शुक्रबार, अशोज २७, २०७४     7:27:04 AM  |