20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

नेपालगन्जको एक होटेलबाट यौनधन्दामा सग्लन रहेको आरोपमा २ युवतीसहित ५ पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज २६, २०७४  

नेपालगन्ज  कोहलपुर, २६ असोज जिल्ला प्रहरी कार्यालय बाँकेको बिषेश प्रहरी टोलीले नेपालगन्जको एक होटेलबाट यौन धन्दामा सग्लन रहेको आरोपमा छापा मारेर ५ जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार राती साढे ८ बजेको समयमा नेपालगन्जको बागेश्वरी हल रोडको एक होटेलमा छापामा मारेर २ युवतीसहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।

होटेलको कोठा नम्बर ११४ बाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । दाङ र कैलाली घर बताउने २ युवतीसहित अन्य ३ जना युवकलाई प्रहरीले यौनधन्दामा संग्लन रहेको आशंकामा नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका युवकमध्ये एक जना भारतीय नागरिक समेत रहेका छन् । कोठा नम्बर ११४ दुई जना बस्ने गरी काउण्टरमा बुकिङ गरिएको थियो ।

पक्राउ परेका उनीहरुलाई अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक विर बहादुर थापाले जानकारी दिनुभयो ।

प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका युवतीहरु यसभन्दाअगाडि समेत यौनधन्दामा सग्लन रहेको आरोपमा पक्राउ परिसकेका थिए ।

प्रकाशित मितिः बिहिबार, अशोज २६, २०७४     4:35:19 PM  |