बर्दिया, असोज २६ – बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट धानको भुस बोकेर पोखराका लागि छुटेको ट्रकमा बिजुलीको लाइन छुँदा करेण्ट लागेर घाइते भएका एकजनाको उपचारका क्रममा ज्यान गएको छ ।
ठाकुरबाबा नगरपालिका–३ जुडपानीबाट भुस बोकेर गएको ना ३ ख ५४८८ नम्बरको ट्रकमा बिजुलीको लाइनले छुँदा करेण्ट लागेको हो ।
करेण्ट लागेर घाइते भएका बाँसगढी नगरपालिका–३ का २० वर्षका बलीराम थारुको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । अर्का घाइते बाँसगढी–३ कै अर्जुन थारुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७४ असोज २६ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्