18 September 2021  |   शनिबार, अशोज २, २०७८

बाँकेको नरैनापुर पिछडिएको क्षेत्र घोषणा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४  

कोहलपुर, २५ असोज । सरकारले बाँकेको नरैनापुर गाउँपालिकालाई पिछडिएको क्षेत्र घोषणा गरेको छ । ५ नम्बर प्रदेशमा नरैनापुर मात्र पिछडिएको क्षेत्रमा परेको हो । 

प्रदेश नं. ६ मा ३० वटा र प्रदेश नं. ७ मा १७ वटा स्थानीय तह पिछडिएको क्षेत्रमा परेका छन् । नेपालभरिका ५७ स्थानीय तह पिछडिएको क्षेत्रमा परेका छन् ।
प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ अनुसार हरेक प्रदेशको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा पिछडिएको क्षेत्रलाई जनसंख्याका आधारमा समेट्नुपर्छ ।
साथै दलहरुले पाएको सिटमा महिला, समावेशी समूहसँगै अल्पसंख्यक तथा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराउनुपर्छ । आयोगले सिट घोषणा गर्दा नै यसको संख्या तोकिनेछ ।

प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४     7:44:34 PM  |