यान बि.साहु / कोहलपुर, २५ असोज
ईलाका वन कार्यालय राजापुर बर्दियाका वन रक्षक सिताराम थारु तीस हजार घुस रकम सहित बुधबार पक्राउ परेका छन् ।

काठ निकासी छुट पुर्जीको म्याद थपिदिने प्रयोजनका लागि सेवाग्राहीबाट विभिन्न वहानामा घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई ईलाका वन कार्यालय राजापुर बर्दियाको कार्यालय परिसरबाट घुस रकम सहित रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरका कार्यालय प्रमुख ईश्वर कार्र्कीद्वारा हस्ताक्षेरित विज्ञप्तीमा उल्लेख छ ।
प्रकाशित मिति : २०७४ असोज २५ गते बुधबार









प्रतिक्रिया दिनुहोस्