कोहलपुर नगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान गर्दै



कोहलपुर, २५ असोज, भीम रावत, कोहलपुर नगरपालिकाले आगामी कार्तिक १२ गते नगरपालिका भित्र रहेका ८४ वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकहरुलाई ‘नगरपिता÷नगरमाता’ को रुपमा सम्मान गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता माधव रिजालले बताए । त्यस्तै नगरपालिकाले नगरपालिका भित्र बसोवास गरेका ७० वर्ष उम्मेर पूरा भएका वृद्धवृद्धाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको  प्रवक्ता रिजालले जानकारी दिए ।
रिजालका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १ र २ को यही असोज ३१ गते लक्ष्मी मावि वर्दहवामा, ३ र ४ को आगामी कार्तिक ८ गते रझेना स्वास्थ्य चौकी मदनचोकमा, ५ र ६ को कार्तिक ९ गते सिद्धार्थ आधारभूत निमावि रझेनामा, ८ र ९ को कार्तिक ११ गते कृर्षि विकास बैंक क्षेत्रीय तालिम केन्द्र पिपरीमा, १० र ११ को यही असोज २९ गते आयुर्वेदिक स्वास्थ्य केन्द्र बगियामा, १२ र १३ को असोज ३० गते ज्ञानज्योती मावि चपरगौडीमा र ७, १४ र १५ को कार्तिक १० गते श्रीराम मावि हवल्दारपुरमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।
शिविरमा विशेषज्ञ चिकित्सक सेवा समेत उपलब्ध गराइने र त्यसको व्यवस्थापन कोहलपुर नगरपालिकाल मिलाउने भएको छ । त्यस्तै नगरपालिकाले सशस्त्र प्रहरी बल त्रिपूरा गणले राजमार्गको क्षेत्राधिकार ओगटेर काँडेतार लगाएको क्षेत्रलाई यथाशिघ्र  आफ्नो क्षेत्राधिकारमा सिमित गर्ने गरी सो क्षेत्रबाट तारबार हटाउन पत्राचार गर्ने तथा त्यसको आवश्यक जानकारी जिल्ला प्रशासन कार्यालय बाँकेलाई दिने निर्णय समेत गरेको प्रवक्ता रिजालले बताए ।

http://missiontodaynews.com/?p=7758

  • No tags available
प्रकाशित मिति : २०७४ असोज २५ गते बुधबार