1 May 2024  |   बिहिबार, बैशाख २०, २०८१

कोहलपुर नगरपालिकाका महत्वपूर्ण तीन निर्णय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २४, २०७४  

  • जेष्ठ नागरिकका लागि स्वास्थ्य शिविर
  • ८४ वर्षमाथिकालाई नगरपिता सम्मान 
  • त्रिपुरा गणले लगाएको तारबार पछाडि सार्न अनुरोध गर्ने

    कोहलपुर । कोहलपुर नगरपालिकाले महत्वपूर्ण तीन निर्णय गरेको छ । मंगलबार बसेको कार्यपालिकाको बैठकले जेष्ठ नागरिकका लागि स्वास्थ्य शिविर, ८४ वर्षमाथिकालाई नगरपिता सम्मान र त्रिपुरा गणले लगाएको तारबार पछाडि सार्न अनुरोध गर्ने निर्णय गरेको हो ।
    बैठकले असोज २९ गतेदेखि स्वास्थ्य शिविर गर्ने भएको छ । जेष्ठ नागरिकलाई गाउँमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर सञ्चालन गर्न थालिएको नगरपालिका प्रवक्ता माधव रिजालले जानकारी दिए । उनका अनुसार २९ गते १० र ११ वडामा शिविर सञ्चालन गरिनेछ । ३० गते १२ र १३, ३१ गते १ र २, कार्तिक ८ गते ३ र ४, ९ गते ५ र ६, १० गते ७, १४ र १५ तथा ११ गते ८ र ९ मा शिविर सञ्चालन गरिने रिजालको भनाइ छ ।
    यस्तै बैठकले ८४ वर्षमाथिका जेष्ठ नागरिकलाई नगर पिताका रुपमा सम्मान गर्ने भएको छ । बैठकले सशस्त्र प्रहरी बल त्रिपुरा गणले सडकको क्षेत्राधिकारभित्र पर्ने गरी लगाएको तारबारलाई पछाडि सार्न अनुरोध गर्नेसमेत निर्णय गरेको रिजालले बताए ।

प्रकाशित मितिः मङ्लबार, अशोज २४, २०७४     4:19:34 PM  |