19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बाँकेको कुसुम नजिकै दुर्घटना, ३ को मृत्यू १० घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २४, २०७४  

यान बि.साहु

कोहलपुर, २४ असोज/  काठमाण्डौंदेखि कैलालीको धनगढीका लागि छुटेको ना४ख ८२५५ नम्बरको बस बाँकेको राप्तीसोनारी–१ कुसुमको लौकीमा दुर्घटना हुँदा तीन जनको मृत्यू भएको छ  ।

मृत्यू हुनेमा सूर्यदल गण बिराटनगरमा कार्यरत महेन्द्रनगरका अन्दाजी २२ वर्षीय रविन्द्र पाण्डे, बैतडी रुद्देश्वर–४, की ४५ वर्षीया बाहिनी बोहरा र सोही ठाउँका ५५ वर्षीय बैजान बोहराको मृत्यु भएको हो । कोहलपुर ११ का तुलसी रेग्मी, बर्दिया पाताभार–५ का सुरेन्द्र बोहरा, कैलालीको घोडाघोडि नगरपालिका–९ का रामसिहं ठगुन्ना, सोही नपा–१२ का दिपेन्द्र कुमार चौधरी र  भिबहादर बलायर, दार्चुलाको मालिकार्जुन–७ का दुर्गा बोहरा, सोही ठाउँका विनोद सिहं धामी, कञ्चनपुरको कृष्णपुर नपा–९ का दुर्गा प्रसाद चौधरी, बेलौरी नगरपालिका–१ का मुकेश राना रहेका छन् । अन्य १ जनाको नाम, ठेगाना खुल्न सकेकोे छैन । 

घाइतेमध्ये ७ जनाको अवस्था गम्भिर रहेको र तीन जनाको सामान्य रहेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई पुलबाट तल खोलामा खसेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोख्रेलले जानकारी दिए । घाइते सबैको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, अशोज २४, २०७४     3:16:52 PM  |