24 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

ईलाका प्रशासन स्थापना हुँदा सेवाग्राहीलाई सुविधा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २३, २०७४  

साढे बाह्र हजार बढी लाभाम्वित

यान वि साहु /कोहलपुर, २३ असोज,  ईलाका प्रशासन कार्यालय कोहलपुरमा स्थापना भएपश्चात यस ईलाका अन्तर्गतका सेवाग्राहीहरुले प्रशासनिक सेवा सुविधामा राहत महसुस गरेका छन् ।
कोहलपुरमा ईलाका प्रशासन कार्यालय स्थापना भएयता कार्यालयबाट अहिलेसम्म साढे बाह्र हजार बढी सेवाग्राहीहरुले सेवा लिएको कार्यालय प्रमुख दत्तराज हमालले जानकारी
दिए ।
ईलाका प्रशासन कार्यालय कोहलपुरबाट नेपाली नागरिकता बनाउन आएकी राप्तीसोनारी गाउँपालिका–८ की टिमुनी भण्डारीले भनिन् ‘नागरिकता बनाउन पहिले नेपालगञ्ज धाउनु पथ्र्यो, अहिले कोहलपुरबाटै नागरिकता बनाउन पाउँदा खर्च र समयको हिसावले पनि सजिलो भएको छ’।
त्यस्तै अर्र्की बहिनीको नागरिकता बनाउन आएकी बैजनाथ गाउँपालिका–८ बानीयाभारकी विन्दु आचार्यले ‘आफू बहिनीको नागरिकता बनाउन आएको, पहिले जस्तो नेपालगञ्ज धाउन नपरेकाले थोरै खर्च र समयमा नागरिकता बनाउन पाउँदा सुविधा पाएको बताइन् । उनले थपिन् ईलाका प्रशासन कार्यालय कोहलपुरमा नहँदा जिल्ला प्रशासन कार्यालय नेपालगञ्ज जाँदा पुरै दिन लाग्थ्यो, कहिले काहीँ त एक दिनमा काम नभएपछि अर्को दिन समेत धाउनु पर्दा समय र खर्च धेरै हुन्थ्यो, अहिले धेरै सजिलो भएको छ’ ।
२०७३ साल जेष्ठ २५ गते स्थापना भएको यस कार्यालयबाट हालसम्म १० हजार नेपाली नागरिकता, २ हजार ६ सय राहदानी र २६ नावालिक परिचय पत्र वितरण गरिएको प्रमुख हमालले बताए ।
नागरिकता र नावालिक परिचय पत्र वितरण कार्य कार्यालय स्थापनादेखि नै गरिए पनि राहदानी सिफारिस गर्ने कार्य भने गत मंसिर महिनाबाट मात्र शुरु गरिएको थियो । राहदानी सिफारिस वापत गत मंसिरदेखि हालसम्म करिव ४५ लाख बराबरको राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, अशोज २३, २०७४     7:34:53 AM  |