19 September 2021  |   आइतवार, अशोज ३, २०७८

कोहलपुरमा सुपर–८ क्रिकेट प्रतियोगिता शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २२, २०७४  

मिसन समाचारदाता कोहलपुर, २२ असोज

 

 

 कोहलपुरको प्रस्तावित अन्तराष्ट्रय क्रिकेट मैदानमा क्रिकेट खेल्दै खेलाडिहरु ।

सुपर–८ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा शिक्षकहरुको टिम बिजयी भएको छ । कोहलपुरस्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा संचालन गरिएको
तिन दिवसीय प्रतियोगिता अन्तर्गत पहिलो खेलमा टस हारेर मैदानमा उत्रिएको शिक्षकहरुले टिमले खेलमा भने ३ रनले रोमाञ्चक जित निकाल्न सफल भएको हो ।
१२ ओभरको खेलमा शिक्षकहरुको टोलीले ५ विकेट गुमाउँदै ७८ रान जोड्न सफल भएको थियो । टिमलाई राम्रो स्कोरसम्म पु¥याउन महेश भट्टराईले २८ रनको योगदान गरेका थिए । त्यसैगरी संदिप गौतम १३, टंक गौतम १२ र होमेन्द्र क्षेत्रीले ११ रन जोड्न सफल भएका थिए । बलिङतर्फ ब्यापारी टोलीका खेलाडी दिपेन्द्र थापा, दिपक क्षेष्ठ र विष्णु बन्जाडेले समान १÷१ विकेट लिएका थिए ।
७९ रनको झिनो लक्ष्य पाएको ब्यापारी टिमले निर्धारित ओभरमा लक्ष्य भेटाउन सकेन । निर्धारित १२ ओभर पुरै खेलेको ब्यापारी टिमले ६ विकेट गुमाउँदै ७५ रनमा सिमित हुन पुगेको थियो । टिमलाई सम्मानजनक स्कोरमा पु¥याउन शसी थापाले २३ रनको योजदान गरेपनि टिमलाई हारबाट बचाउन सकेनन् ।
त्यसैगरी महेश उप्रेतीले १६, बिजय थापाले १३, दिपेन्द्र थापाले ५ र आशिस क्षेष्ठले द्द रन जोड्दा दिपक श्रेष्ठ र विष्णु बन्जाडेले भने खाता खोल्न सकेनन् । व्यापारीहरुको टिमलाई
सस्तैमा समेट्ने क्रममा संदिप गौतम र रामु गौतमले समान २÷२ विकेट लिएका थिए भने होमेन्द्र क्षेत्रीले १ विकेट लिएका थिए ।
प्रतियोगिताको म्यान अफ द म्याच शिक्षक टिमका महेश भट्टराई घोषित भए । तिन दिवसीय खेल अन्तर्गत दोस्रो र तेस्रो खेल क्रमश संचालन गरिने आयोजक मध्यपश्चिम क्रिकेट क्लवले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, अशोज २२, २०७४     7:55:56 AM  |