20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

पत्रकार महासंघका पूर्व महासचिव केसी क्षेत्र नं १ बाट प्रत्यक्ष तर्फ १ नं. मा सिफारिस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४  

२१ असोज, नेपालगन्ज-  नेपाली काँग्रेस बाँकेले आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा ९संघ० र प्रदेश सभा निर्वाचनका लागि हुने उम्मेदवारको नामावली सिफारिस गरेको छ ।
नेपाली कांँग्रेस बाँकेले ३ संघीय क्षेत्र र ६ वटा प्रादेशिक क्षेत्रको लागि संसदका सम्भावित उम्मेदवारहरुको टुंगो लगाउदै सिफारिस समेत गरेको हो । क्षेत्रीय समितिहरुबाट प्राप्त सिफारिसका आधारमा नाम चयन गरेर जिल्ला कार्य समितिले केन्द्रमा पठाएको
प्राप्त जानकारी अनुसार क्षेत्र नम्बर १ बाट संघीय संसदका लागि प्रत्यक्षतर्फ पोषण केसी, नारायण सिग्देल, ज्ञानु केसी, हुर्मत न्यौपाने र माधवराम खत्रीको नाम सिफारिस भएको छ । सिफारिसमा परेका पोषण पत्रकार महासंघका पूर्व महासचिव हुन्, सिग्देल २०७० को संविधान सभा निर्वाचनमा निकटतम प्रतिद्वन्दी हुन भने ज्ञानु पूर्व सांसद हुन् । त्यस्तै न्यौपाने तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् ।
यता क्षेत्र नं।२ बाट प्रत्यक्षतर्फ राजकुमार बर्मा कुर्मी, निरञ्जन सिंह सिजापती, मोहम्मदी सिद्दीकी, याकुब अन्सारी र अब्दुल हमिद सिद्दिकीको नाम सिफारिस भएको छ । यसैगरी क्षेत्र नं ३ का लागि प्रत्यक्षतर्फ युवराज शर्मा, बादशाह कुर्मी, महेन्द्र मल्ल र चिनुमायाँ कुँवरको नाम सिफारिस भएको छ ।
क्षेत्र नं १ को प्रदेश (क) मा प्रत्यक्षतर्फ तप्त पौडेल, रामकुमार राढ, कृष्ण पौडेल, रामचन्द्र मौर्य र संगीता चौधरीको नाम सिफारिस भएको छ भने प्रदेश (ख) मा प्रत्यक्षतर्फ बलराम शर्मा, नारायण गौडेल, चिन्तामणि धिताल र कृष्णबहादुर कार्कीको नाम सिफारिस भएको छ ।
क्षेत्र नं। २ को प्रदेश (क)  मा प्रत्यक्षतर्फ गोपालप्रसाद अधिकारी, कैलाश कशौधन, मैकुलाल बाल्मिकी, लक्ष्मीनारायण शाह, राजकुमार साहु र सचिन्द्र चौधरीको नाम सिफारिस भएको छ । यसैगरी समानुपातिकतर्फ फनबहादुर गुरुङ, परमेश्वरी पाठक, जगदिशप्रसाद कुर्मी, मायादेवी गुरुङ, रत्ना राणा र हनिफ खाँ लगायत सिफारिसमा परेका छन् ।
(ख) मा प्रत्यक्षतर्फ सुनिल नरसिंह राणा, सुरेन्द्र हमाल, रमेश गुप्ता, सुदीप राणा, अच्यूत प्रसाईँ, निजामुद्दिन सिद्दिकी, जितेन्द्र गुप्ताको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ हेमन्त कर्माचार्य, कृष्णसिंह परियार, प्रदीपकुमार श्रेष्ठ, डा। सुरेश कुमार कनोडिया प्रह्लाद लखेर, कमलादेवी भट्ट, माया पुन सिफारिसमा परेका छन् ।
क्षेत्र नं ३ को प्रदेश (क) मा प्रत्यक्षतर्फ मेघराज वली, कपिलदेव शर्मा, देवफल यादव, चन्तराम थारु देवबहादुर केसी, प्रकाश शाही, केशब शाह लगायतको नाम सिफारिस भएको छ । यसैगरी समानुपातिकतर्फ खलिल खाँ, दशरथ थारु, ज्ञानबहादुर वली, कृष्णप्रसाद सापकोटा, निर्मला रोकाया लगायत प्रादेशिक सांसदका लागि सिफारिसमा परेका छन् ।
(ख)मा प्रत्यक्षतर्फ दुखीराम लोनिया, रामेश्वर कँडेल, हरिभक्त उप्रेती, नरबहादुर खड्का, छब्बन खाँ, कृष्ण विक रसाईली लगायतको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ नवराज थापा, खगिसरा सुनार, भीम बहादुर विक, हरि प्रसाद ढुंगाना, जीपनाथ सापकोटा सिफारिसमा परेका छन् ।
संघीय संसदतर्फ समानुपातिकमा किरण कोईराला, सर्वतारा खानम, राकेश श्रीवास्तव, प्रल्हादबहादुर कार्की, पुतला आचार्य ( पुष्पा शुक्ला) राजु थापा, नक्की खाँ, कृष्णमान श्रेष्ठ, कृष्ण सिंह परियार, आशा विक, गगन विक, मोतिलाल खड्कालगायत सिफारिसमा परेका छन् ।

प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४     7:06:13 PM  |