20 April 2021  |   बुधबार, बैशाख ८, २०७८

जनमोर्चा नेपाल पनि बाम गठबन्धनमा सामेल 

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४  

काठमाडौ । नेकपा एमालेले नेतृत्व गरेको बाम गठबन्धनमा अर्को बामपन्थी दल राष्ट्रिय जनमोर्चा पार्टीले पनि चुनावी तालमेल गर्ने तयारी गरेको छ ।

काग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आफुहरुसग सहभागी हुन आव्हान गरेपनि राष्ट्रिय जनमोर्चा पार्टीले भने बाम गठबन्धन नै रोज्न लागेको हो । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पार्टीले बाम गठबन्धनमा सहभागी हुने विषयमा पार्टीले छिट्टै निर्णय गर्ने बताए। उनले भान्सा, पहिरन र व्यवहार मिल्नेसँग किन बेग्लै बस्ने भन्ने अवधारणाबाट आफूहरु अघि बढिरहेको जानकारी दिए।

बाम गठबन्धनमा एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टी, नेपाल परिवार दल र केही स्वतन्त्र उम्मेद्धार एकतावद्ध भईसकेका छन् ।
प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४     4:20:38 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *