अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु



२१ असोज, दाङ । दाङमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर–१६ को भलैबाट तुलसीपुर जादै गर्दा दुर्घटनामा परेकी तुलसीपुर–६ की २९ वर्षीया शशि भुसालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ । अनटेष्ट अटो रिक्सा  दुर्घटना हुँदा अन्य सवार पाँच जना घाइते भएका छन् ।

अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेमध्ये घोराहीकी टीका खनाललाई उपचारका लागि नेपालगञ्ज  पठाइएकोे छ भने पवित्रा भुसालको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ असोज २१ गते शनिबार