26 September 2021  |   आइतवार, अशोज १०, २०७८

निर्वाचन प्रभावित गर्ने गतिविधी नगर्न निर्वाचन आयोगको आग्रह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४  

२० असोज, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई प्रभावित गर्नेगरी कुनै पनि गतिविधी नगर्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले चुनावलाई प्रभावित र असर गर्ने कुनै पनि कार्यक्रम, गतिविधी र क्रियाकलापहरु नगर्न भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण राएको हो ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव तोकिएकै मितिमा सम्पन्न गर्नका लागि तयारी तीव्र रुपमा गरिएको समेत जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्ति, समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचन प्रकृयाको थालनी, मतपत्र छपाई लगायतका अत्यावश्यक कार्यहरू चरणवद्ध रूपमा अगाडि बढिसकेको आयोगकका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यस्तै मतदाता शिक्षा, कर्मचारीहरूको छनौट, निर्देशिका, कार्यविधिहरूको तर्जुमा लगायतका कार्यहरू सँगसँगै अगाडि बढिरहेको आयोगले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     7:17:04 PM  |