नेपालगन्ज / बाँकेको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको लागि नन्दलाल रोकाय, कमल वस्नेत र एकता शाहको नाम सिफारिस भएको छ । निर्वाचन प्रक्रियाबाट एमालेका बाँकेका निर्वतमान अध्यक्ष रोकाय र युवा संघ इन्चार्ज बस्नेतको नाम सिफारिस भएको हो । माक्सावादी दर्शनका ज्ञाता रोकायले हालै सम्पन्न स्थानिय निकायको निर्वाचनमा राम्रो भुमिका निर्वाह गरेका थिए ।
अस्कल क्याम्पसका पूर्व स्ववियू सभापति समेत रहेको बस्नेत जिल्ला युवा समितिका अध्यक्ष समेत हुन । उम्मेदवार छनौटको लागि भएको निर्वाचनमा रोकायले ३५, कमल बस्नेतले २९ मत ल्याई सिफारिसमा परेका छन् । शाह सर्वसम्मत रुपमा छनौट भई सफारिसमा परेकी छन् ।
वर्तमान सांसद एवं साविकको क्षेत्र नम्बर ४ का सासद सुनार निर्वाचन प्रक्रियामा पराजित हुन पुगेका छन् । साविकको क्षेत्र नम्बर ४ लोकप्रिय मानिएका नेता सुनार २५ मत पाएर छनौट प्रक्रियाबाट बाहिरिएका छन् । जिल्ला कमिटी सदस्य भद्र प्रसाद देवकोटाले १९ मत प्राप्त गरेका छन् । # ritambhara
प्रकाशित मिति : २०७४ असोज १९ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्