23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

कम्युनिष्टहरुको जुटफुटको नालीबेली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४  

काठमाडौं, असोज १९ – देशका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकताको अभियान सुरु भएपछि धेरैलाई आश्चर्य लागेको छ ।

माओवादी छाडेर छुट्टै पार्टी गठन गरेका डा. बाबुराम भट्टराई समेत अभियानमा मिसिएपछि कम्युनिष्ट कार्यकर्ताहरुलाई उत्साहित बनाएको छ । तर स्थापना भएदेखि नै जुट्नभन्दा फुट्न जानेका कम्युनिष्टहरुबिच सजिलै पार्टी एकता होला भन्ने धेरैलाई विश्वास लागेको छैन ।

२००६ सालमा पार्टी स्थापना भएको केही वर्षदेखि नै कम्युनिष्टहरुबिच विभाजन सुरु भएको हो । २०१९ सालमा भएको तेस्रो महाधिवेशनबाट कम्युनिष्ट पार्टीमा औपचारिक विभाजन सुरु भयो । अहिले पार्टी एकताको अभियानमा जुटेका एमाले र माओवादी त्यतिबेलादेखि नै दुई हाँगामा बाँडिएका हुन् । त्यतिबेलाको दुई हाँगामा पनि धेरै हाँगा पलाए ।

पटकपटक जुट्दै फुट्दै यहाँसम्म आइपुगेका दुई ठूला पार्टी फेरि एउटै कम्युनिष्ट पार्टी बनाउने कसरतमा लागेका छन् । उनीहरु बाहेक पनि अहिले झण्डै एक दर्जन कम्युनिष्ट पार्टी अस्तित्वमा छन् । छरिएर रहेका यी सबै कम्युनिष्ट पार्टी एक ठाउँमा उभिन सक्लान् कि नसक्लान् भन्ने आशंका कायमै छ । Nepalbani

प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४     6:21:20 PM  |