19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

गोविन्द केसीले १३ अाैं अनसनसुरु गरे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४  

 

१९  असोज, काठमाडौं । दशैंमा स्थगित भएको डा. गोविन्द केसीको १३ अाैं आमरण अनसन आजबाट फेरि सुरु भएको छ ।

त्यसबेला नै उनले स्थगित आमरण अनसन १९ गतेबाट सुरु गर्ने बताएका थिए । सोही अनुसार डा. केसीले अाजबाट अामरण अनसन सुरू गरेका हुन् ।संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको भन्दै डा. केसीले असोज ९ गतेदेखि आमरण अनसन थालेका थिए । तर, दुई दिनपछि दशैंभरका लागि भन्दै उनले फूलपातीका दिन अनसन स्थगित गरे ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १२ पटकसम्म अनसन बसिसकेका छन् ।

प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४     5:48:39 PM  |