भीम रावत, कोहलपुर, १९ असोज / तीन ठूला राजनीतिक दलहरुले आगामी मंसिर १० मा हुने प्रदेश सभा र मंसिर २१ मा हुने प्रतिनिधिसभा (संघ) को निर्वाचनको लागि उम्मेदवार छनौट प्रक्रियालाई तीव्र पारेका छन् । वर्तमान संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि क्षेत्र नं.१ बाट नारायाण प्रसाद सिग्देल,
ज्ञानु केसी र हुर्मत न्यौपाने, क्षेत्र नं.२ बाट राजकुमार वर्मा, निरञ्जन सिंह सिजापती, मोहमद याकुव अन्सारी, कशोधन गुप्ता त्यस्तै क्षेत्र नं.३ बाट युवराज शर्मा, बादशाह कुर्मी, महेन्द्र मल्ल र चिनुमाया कुवँरलाई सिफारिस गरेको छ । आगामी मंसिर १० मा हुने प्रदेश सभाका लागि कांग्रेसले क्षेत्र नं.१‘क’ बाट तप्त पौडेल, रामचन्द्र मौर्य, कृष्ण प्रसाद पौडेल, राजकुमार राढ र तुलसी थारु, ‘ख’ बाट बलराम शर्मा, नारायाण प्रसाद गौडेल र कृष्ण काकी, क्षेत्र नं.२ ‘क’ बाट कैलाश नाथ गुप्ता, लक्ष्मी नारायाण शाह, राजकुमार साहु, गोपाल प्रसाद अधिकारी र जमाहुद्धिन खाँ, ‘ख’ बाट रमेश कुमार गुप्ता, सुदिप नरसिंह
राणा, सुनिल नरसिंह राणा, सुरेन्द्र हमाल र मैकुलाल वालमिकी, त्यस्तै क्षेत्र नं.३ ‘क’ बाट मेघराज वली, कलिदेव शर्मा, देवफल यादव, देवबहादुर केसी, चन्तराम थारु, केशव शाह र प्रकाश शाह ‘ख’ बाट दुखीराम लोहनीया, रामेश्वर कडेल, हरिभक्त उप्रेती, नरबहादुर खड्का, छब्बन खाँ र कृष्ण विकलाई सिफारिस गरेको छ ।
त्यस्तै दोस्रो ठूलो दल नेकपा एमालेले प्रतिनिधिसभाको उम्मेदवारको सिफारिस असोज २० गते सम्म टुङ्ग्याउने बताएको छ । प्रदेश सभाको लागि बाँके क्षेत्र नं.१ ‘क’ बाट बजारु थारु, सोहनलाल यादव र लक्ष्मी चौधरी, ‘ख’ बाट खिलप्रसाद भुषाल, प्रेम भुषाल र आरती पौडेल सिफारिस गरेको छ ।
त्यस्तै क्षेत्र नं.२ ‘क’ बाट निरक गुरुङ, डम्बर थापा र शान्ति ढकाल, ‘ख’ बाट विजय गुप्ता, दत्तप्रसाद आचार्य र भुमा पाण्डे, क्षेत्र नं.३ ‘क’ बाट रत्न खत्री र दिपक जिएम, ‘ख’ बाट बाबुराम गौतम, पदम धिताल र जन्नतुल शेषलाई सिफारिस गरेको छ । नेकपा एमालेमा उम्मेदवार सिफारिसमा अधिकाशं कमिटीमा मतदान पक्रियाद्वारा सिफारिस टङ्ग्याउनु परेको एमाले नेता सुर्य ढकालले जानकारी दिए ।
त्यस्तै तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभाका लागि बाँके क्षेत्र नं.१ बाट महेश्वर गहतराज, कृष्ण केसी र अञ्जना चौधरी, क्षेत्र नं.२ बाट अतहर हुसेन फारुकी, दामोदर आचार्य र नारद पुरी, क्षेत्र नं.३ बाट ईन्द्र प्रसाद खरेल र परमानन्द वर्मालाई सिफारिस गरेको छ ।
प्रदेश सभाका लागि क्षेत्र नं.१ ‘क’ बाट प्रकाश सुवेदी, दुर्गाबहादुर थारु, अमर खड्का र चिमबहादुर घर्ती, ‘ख’ बाट ओमप्रकाश केसी, नरेन्द्र पाण्डे, तुलाराज विष्ट, अवराज खड्का, सुरेश कुमार चौधरी र अशोक पोख्रेल, क्षेत्र नं.२ ‘क’ बाट कामता प्रसाद सोनखर र जगदिश बहादुर सिंह, ‘ख’ बाट गेहराज रिजाल, अकल बहादुर वम, डिल्ली प्रेसाद बराल, फिरोज अहमद अन्सारी, ललित कुमार रौनियार र आदेश अग्रवाल, त्यस्तै क्षेत्र नं.३ ‘क’ बाट डम्बर बहादुर विक, शालिक राम खड्का, टैक पोख्रेल, धनीराम वली र विजय पाठक, ‘ख’ बाट दिपेन्द्र बहादुर शाह, कुवेर रिजाल र मुवारक शेषलाई सिफारिस गरेको छ । उम्मेदवारी सिफारिसँगसगै सिफारिसमा नपरेका कतिपय नेताहरुको असुन्तुष्टिको प्रतिक्रिया पनि आइरहेको छ ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४