26 September 2021  |   आइतवार, अशोज १०, २०७८

गणतन्त्र पक्षधरसँग तालमेल गर्न सकिने: अध्यक्ष केसी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४  

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र पक्षधरसँग चुनावी तालमेल हुनसक्ने संकेत गरेका छन्।

रिपोर्टस क्लबद्वारा आज  आयोजित कार्यक्रममा अध्यक्ष केसीले नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति नेपालबीच भएको तालमेल र एकता प्रयासलाई आफूले ठूलो रुपमा नलिएको भन्दै चुनावी तालमेल भए तापनि पार्टी एकता भने हुन नसक्ने बताए।

नेकपा (माले)का महासचिव सिपी मैनालीले चुनावअघि आफूहरु पार्टी एकीकरणमा नजाने बताए।

उनले एमाले, माओवादी केन्द्र र नयाँशक्तिबीच भएको तालमेलको शुरुवात सकारात्मक भएको भन्दै आगामी चुनावपछि मात्र छलफलमा जाने भनाइ व्यक्त गरे।

त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सिपी गजुरेलले एमाले र माओवादी केन्द्रबीचको एकतालाई दक्षिणपन्थी एकताको संज्ञा दिँदै बाम एकताको प्रयास नै गलत भएको बताए। रासस

प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४     11:30:22 AM  |