मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ४, २०७४
कोहलपुर, ४ असार / आगामी १४ असारमा तीन प्रदेशमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आज (आइतबार) उम्मेदवारी दर्ता हुदै छ । निर्वाचनका आयोगको कार्यतालिकाअनुसार बिहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । कोहलपुर नगरपालीकामा पनि विधिन्न दलका उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ ।
अहिले सम्म नेकपा माओवादी केन्द्र र नेकपा एमालेका तर्फ बाट प्रमुख, उपप्रमुख १५ वटै वडाका वडा अध्यक्ष तथा सदस्यका उम्मेद्वारहरुले मनोनयन दर्ता गराईसकेका छन् । मनोनयन दर्ता गरनु अघि विभिन्न बाजा गाजा सहित ¥यालि निकालिएको थियो । नेपाली काँग्रेसले केही समय पछि दर्ता गर्ने जनाएको छ ।
तस्विर ः मिसन टुडे