21 June 2021  |   सोमवार, असार ७, २०७८

माओवादीको प्रचारप्रसार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २६, २०७४  

कोहलपुर, २६ जेष्ठ  / आगामी असार १४ गते हुन गैरहेको दोश्रो चरणको स्थानीय तहको निर्वाचन तयारीसँगै माओवादी केन्द्रले निर्वाचनको प्रचारप्रसारलाई व्यापक रुपमा अगाडि बढाएको छ । माओवादी केन्द्रले कोहलपुर नगरपालिकाको प्रमुख पदमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष एवं पार्टीका युवा नेता नरेन्द्र न्यौपानेलाई उठाएको छ ।
बिहीबार कोहलपुर नगरपालिका वडा न.३ मा घरदैलो कार्यक्रम गरेको छ । वडा न. ३ को मदनचोक बाट अभियान शुरु भई किरणनाला, ज्योतीनगर, मैटहवा, शक्तिचोक, विकासनगर, हुँदै पुनः मदनचोक पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा कोहलपुर नगरपालिका प्रमुख पदका उम्मेद्वार नरेन्द्र न्योपाने र कोहलपुर नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट उप–प्रमुख पदकी उम्मेदवार देवी कुमारी थारुले ‘सम्वृद्ध कोहलपुर नगरपालिका’ बनाउने माओवादी केन्द्रको प्रतिवद्धता पूरा गराउने बताए । घरदैलो अभियानमा पूर्व उपसभामुख पूर्ण कुमारी सुवेदी सहितको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २६, २०७४     3:17:09 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *