24 September 2023  |   आइतवार, अशोज ७, २०८०

हौसला बढाउँदै एमाले

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ११, २०७४  

कोहलपुर, ११ जेष्ठ  / चुनावी अभियानमा रहेका नेकपा एमालेका उम्मेदवारहरु टोल सभा, वडा भेला र घरदैलोमा जुटेका छन् । यस्ता भेलाहरुमा एमालेमा प्रवेश हुने क्रम बढेको छ ।
कोहलपुर नगरपालिकाको वडा नं. १२ र १५ मा बुधबार भएका टोल भेलामा केही व्यक्तिहरु एमालेमा प्रवेश गरेका छन् । वडा नं. १५ को भेलामा सांसदद्वय देवराज भार र दलबहादुर सुनार तथा एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङले सम्बोधन गरेका थिए । कोहलपुरले बुधबार वडा नं. १० मा पनि टोल भेला गरेको छ ।
बैजनाथ गाउँपालिकाको टिटिहिरियामा पनि वडा भेला गरिएको छ । गाउँपालिका प्रमुखका उम्मेदवार मानबहादुर रुचालसहित नेता तथा कार्यकर्ता उपस्थित भएको भेलामा सांसद दलबहादुर सुनारले सम्बोधन गरेका थिए ।
खजुरा गाउँपालिकाको सीतापुर, नरैनापुरको कोटियागाउँ र कोदीपुरुवा, जानकीको बेलहरी र खजुराखुर्द, डुडुवाको हिरमिनियामा घरदैलो र वनकट्टीमा भेटघाट गरिएको छ । राप्तीसोनारी गाउँपालिका प्रमुखका उम्मेदवार तुलसी थारुले बुधबार भेटघाटमात्रै गरेका छन् ।
खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति, नरैनापुरका विक्रम यादव, जानकीका रामनिवास यादव र डुडुवाका सकिल अहमद खाँले घरदैलो र टोल सभामा पुग्दा स्थानीय जनता उत्साहित भएको बताए ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ११, २०७४     1:18:09 PM  |