19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कोहलपुरको मेयरमा फुलाराम लड्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ४, २०७४  

कोहलपुर, ४ जेष्ठ / नेपाल लोकतान्त्रिक फोरमबाट कोहलपुरको मेयर पदमा फुलाराम थारु लड्ने भएका छन् । पार्टीको केन्द्रीय समितिले थारुलाई कोहलपुर नगरपालिकाका लागि मेयर पदको उम्मेदवार छनौट गरेको हो ।
थारुले २ पटक सभासद्को चुनाव लडिसकेका छन् । त्यस्तै उनी कोहलपुर नगरविकास समितिका पूर्व अध्यक्ष समेत हुन् । २०६७ सालका अध्यक्ष थारुले आफ्नो कार्यकालमा विभिन्न विकास निर्माणका कामहरुलाई अगाडि बढाएका थिए ।
उनी अहिले पनि दावी गर्छन्, ‘जनताको भावनाको कदर गर्दै मैले आफ्नो कार्यकालमा कुनै पनि विकासका कामहरु रोकिन
दिएन ।’ कोहलपुरवासीको इच्छा र चाहानालाई मध्यनजर गर्दै आफूले मेयर पदमा उम्मेदवारी दिएको बताए ।
उनले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सरसफाई, रोजगारी लगायतका कुराहरुलाई घोषणापत्रमा समावेश गरेको जानकारी दिए ।
फोरमले बाँकेको बैजनाथ गाउँपालिकामा बिनोद थारु र राप्ती सोनारी गाउँपालिकामा मोहन थारुलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको
छ । अन्य गाउँपालिकाको पनि टुंगो चाँडै लाग्ने फोरमले जनाएको छ । मेयरको उम्मेदवार टुंगाइसकेको नगरपालिका, गाउँपालिकामा पनि उपप्रमुख र उपाध्यक्षको भने टुंगो लगाएको छैन ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ४, २०७४     12:52:35 PM  |