24 September 2023  |   आइतवार, अशोज ७, २०८०

वन्यजन्तु सप्ताहमा गोष्ठी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख ३, २०७४  

कोहलपुर, ३ बैशाख / २२ औं वन्यजन्तु सप्ताह अन्तर्गत दोस्रो दिन शनिबार कोहलपुर मध्यवर्ती उपोभोक्ता समितिले संरक्षण सम्बन्धी गोष्ठी गरेको छ । गोष्ठीमा वन्यजन्तु संरक्षणका विषयवस्तुहरुका बारेमा धारणा राखिएको थियो । बाँके राष्ट्रिय निकुञ्जले साताव्यापी रुपमा मनाइरहेको सप्ताहमा बैशाख ३ र ४ गते हात्ती सहितको संरक्षण ¥यालीको आयोजना रहेको छ । ३ गते कोहलपुर चौराहाबाट सुरु भइ बानियाभार चोकमा सम्पन्न हुने र ४ गते झिँझिरी खोलाबाट सुरु भइ चङ्गाइ नालामा गएर सम्पन्न हुने छ ।
त्यस्तै ५ गते राप्ती नदिमा घडियाल गोही सर्वेक्षण तथा घडियाल संरक्षण सम्बन्धी अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । ६ गते संरक्षण मैत्री फुटबल प्रतियोगिता आयोजना गरिएको छ । त्यस्तै ७ गते संरक्षणकर्मीलाइ सम्मान तथा राहत प्रदान गर्दै समापन गरिने बाँके राष्ट्रिय निकुन्जका साहायक संरक्षण अधिकृत लाल बहादुर भण्डारीले बताए । यससँगै बाँके निकुञ्जले छोएको जिल्ला दाङ, सल्यानका विभिन्न ठाउँमा पनि कार्यक्रमहरु हुने उनको भनाई छ ।

प्रकाशित मितिः आइतवार, बैशाख ३, २०७४     3:56:15 PM  |