27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

‘गाउँमा सिंहदरबार माओवादीको एजेण्डा’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र २५, २०७३  

कोहलपुर, २५ चैत्र / नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले सिंहदरबारको अधिकार गाउँगाउँसम्म पु¥याउने एजेण्डा माओवादीको भएको दावी गरेका छन् । बिहीबार बाँकेको चिसापानीमा माओवादी केन्द्र बाँकेले आयोजना गरेको एक दिने संगठनात्मक तथा राजनैतिक प्रशिक्षणमा पुनले राज्यको पुनसंरचना गरी हाल बनाइएका स्थानीय तह मार्फत वडा–गाउँ सम्म पु¥याउने एजेण्डा माओवादीको नै भएको बताएका हुन् ।
पुनले भने ‘हिजो माओवादीले दश वर्षे जनयुद्धका क्रममा नेपालमा गणतन्त्र र राज्यको पुनर्संरचनाको कुरा गर्दा कसैले नपत्याउने मात्र होइन हामीलाई आतंककारी समेत भने तर आज सिङ्गो मुलुक र नेपाली समाज हामीले भनेकै ठाउँमा पुगेको छ ।’
पुनले माओवादी केन्द्रको अहिले वडा, गाउँ– नगर सम्मेलन मार्फत नयाँ सांगठानिक संरचना बनेको र राजनीतिक जागरण पनि पैदा भएकाले स्थानीय तहको निर्वाचनमा माओवादीले जित्ने आधार बनेको विश्वास व्यक्त
गरे ।
पूर्व अर्थमन्त्री समेत भएका पुनले वर्तमान सरकारले नेपालको करिब २४ वर्षको इतिहास मै ६ दशमलब २ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्न सक्नु ठूलो सफलता भएको बताए । त्यस्तै १८ घण्टा सम्म लोडसेडिङ भएर अन्धकारमा बस्ने राजधानीवासी जनतालाई सरकार बनेको चार महिनामै पूर्ण रुपमा लोडसेडिङ मुक्त गराउन सक्नु तथा हालसम्म देशका प्रमुख शहरहरुमा लोडसेडिङ मुक्त गरी जनतालाई उज्यालो प्रदान गर्न गरेको विषयहरु जनता समक्ष राख्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।
जिल्ला भरिबाट करिब १२ सय अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको सो प्रशिक्षणमा माओवादी केन्द्रका नेता कुल प्रसाद के.सी. (सोनाम) ले जनताको अधिकारका लागि माओवादीले धेरै त्याग, बलिदानी र समर्पन गरेकाले अहिले प्राप्त भएका अधिकारहरुको रक्षा गर्दै स्थायित्व दिन पनि माओवादीले स्थानीय तहको निर्वाचन जित्नै पर्ने बताए ।
प्रशिक्षण कार्यक्रममा पूर्व उपसभामुख पूर्ण कुमारी सुवेदी लगायत ५ नं. प्रदेशका सबै नेताहरुको सहभागिता रहेको
थियो ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २५, २०७३     1:13:28 PM  |