15 May 2021  |   शनिबार, जेष्ठ १, २०७८

नयाँ कार्यसमितिले सम्हाले पदभार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन २१, २०७३  

कोहलपुर, २१ फागुन /  नेपाल पत्रकार महासंघ बाँकेका नवनिर्वाचित कार्यसमितिले शुक्रबारदेखि पदभार सम्हालेका छन् । शुक्रबार पदस्थापन कार्यक्रम गर्दै ठाकुरसिंह थारु नेतृत्वको कार्यसमितिले पदभार सम्हालेका हुन् ।  महासंघका अध्यक्ष रुद्र सुवेदीले तीनबर्षे कार्यकालका लागि नवनिर्वाचित अध्यक्ष थारुलाई पदभार हस्तान्तरण गरे । नेपाल पत्रकार महासंघ बाँकेको फागुन १२ गते सम्पन्न ११ औं जिल्ला अधिवेशनले थारुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।
पदभार कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य झलक गैरेले थारु नेतृत्वको टिमले बाँकेका पत्रकारहरुको क्षमता अभिबृद्धिमा विकास गर्ने सुझाव दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले पत्रकारले कलम चलाएर नै देशमा समग्र विकास भएको टिप्पणी
गरे ।
पदभार ग्रहण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरे, बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थ, महासंघ लेखा आयोगका सदस्य सुनिल दाहाल, लगायतले नव निर्वाचित अध्यक्ष थारु नेतृत्वको नयाँ कार्यसमितिको कार्यकालको सफलताको कामना गरेका थिए ।

प्रकाशित मितिः शनिबार, फाल्गुन २१, २०७३     12:19:31 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *