4 March 2021  |   बिहिबार, फाल्गुन २०, २०७७

विद्यार्थी माझ गायिका स्मृति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १९, २०७३  

सुर्खेत, १९ फागुन / सुर्खेतमा जन्मिएर आधुनिक गायनको क्षेत्रमा एउटा फरक पहिचान बनाउन सफल गायिका स्मृति शाही बुधबार एक्कासी विद्यार्थीहरुको माझमा एड्भान्स वेटर ईग्लिस मेडियम सेकेण्डरी स्कुल वीरेन्द्रनगरमा देखा परिन् । विद्यालयका छात्र–छात्राहरुले उनलाई विद्यालयको मूलढोकामा देख्ना साथ पुष्पगुच्छा र फूलमालाले स्वागत गरेका थिए भने विद्यालयका सहायक प्राचार्य रुपेश पोखरेलले खादा ओडाएर सम्मान समेत गरेका थिए ।
दैलेखमा चलिरहेको पर्यटन महोत्सवमा सहभागी भएर फर्केकी स्मृतिलाई विद्यालयले आमन्त्रण गरेपछी बुधवार एड्भान्स वेटर ईग्लिस मेडियम सेकेण्डरी विद्यालय पुगेकी हुन् ।
विद्यार्थीहरुलाई नैतिकवान र चरित्रवान बन्न प्रेरित गर्दै उनले भनिन् ‘सदैव आफ्नो जीवनको लक्ष्य प्राप्तिको लागि दृढ संकल्पका साथ अघि बढ्नुहोस, संघर्ष गर्नुहोस सफलता आफ्नो अगाडि एकदिन आफै आउँछ । मैले अझ धेरै संघर्ष गर्न बाँकी नै छ ।
यसरी आफ्नो संघर्षशिल यात्राको अनुभुति पछी विद्यार्थीहरुको अनुरोधमा चलचित्र प्रदेशीको “विछोडको करौतीले काट्नु मनै काट्यो” बोलको गीत प्रस्तुत गरिन त्यतिले मात्र नपुगेपछी “म मरेर के भो म जस्तो हजार पाइहाल्छौं” बोलको गीत समेत प्रस्तुत गरेकी थिइन् ।
आफ्नो पारिवारिक भेटघाटको क्रममा यतिवेला सुर्खेतमा छिन् । स्मृतिले १ हजार भन्दा बढी गीत रेकर्ड गरिसकेकी छन् ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १९, २०७३     1:10:44 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *