26 September 2021  |   आइतवार, अशोज १०, २०७८

राप्रपा बाँकेको अध्यक्षमा नरेन्द्र पौडेल निर्वाचित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २७, २०७३  

 कोहलपुर, २७ माघ / राप्रपा बाँकेको जिल्ला अधिवेशनबाट नरेन्द्र कुमार पौडेल निर्वाचित भएका छन् । २५ माघ अवेर राती सम्पन्न मतगणनामा पौडेलले ८१ मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी कृष्णप्रसाद खरेलले ५७ र दिपेन्द्र बहादुर सिंहले २५ मत प्राप्त गरे ।
त्यस्तै सदस्यहरुमा अभय कुमार बस्नेत, विन्दु घर्तीमगर, रविन्द्र थापा, लालबहादुर वली, प्रदिप कुमार शाह, खगिसरा खड्का, रुद्रमणी न्यौपाने, बलराम श्रेष्ठ, भेषराज चौलागाई , प्रकाश शाह, बालाबहादुर खत्री, इन्द्रा शाही, दलबहादुर थापा निर्वाचित भएका छन् । त्यस्तै भरतध्वज शाही, रतिराम थारु, सन्तकुमार थारु, प्रेमराज पौडेल, बिजयबक्स चौधरी, आशिफ अलिदरजि, विष्णुसिंह ठकुरी, प्रदिपसिंह केसी, मिना श्रेष्ठ, हुकुम केसी, दिपक चौधरी, तारामान कुँवर र तेजविक्रम शाह पनि निर्वाचित
भए ।
२६ जना सदस्यका लागि ४७ जनाले प्रतिस्पर्धा गरेको निर्वाचन समितिले जनाएको छ ।
तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएपछि स्थानीय तहदेखि नै अधिवेशन सुरु गरिएको छ । राप्रपाको महाधिवेशन आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हँुदैछ ।

प्रकाशित मितिः बिहिबार, माघ २७, २०७३     1:43:16 PM  |