25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

ट्राफिक प्रहरीले सक्रियता बढायो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २३, २०७३  

चाडपर्वमा हुने सवारी चापका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सक्रियता बढाएको छ । चाडपर्व विशेष सुरक्षा योजना अनुसार ट्राफिक प्रहरीले चेकिङ बढाएको जनाएको छ ।
ट्राफिक प्रहरीको नियमित चेकिङ तथा ट्राफिक नियम पालना गर्न र गराउन सरोकारवालाले निभाएको भुमिका कारण अहिले सवारी दुर्घटनामा कमी आएको पाइएको छ । जिल्लाका विभिन्न स्थानमा सवारी जाँचका साथै सचेतनामुलक कार्डहरु बितरण गर्दै यात्रालाई सुरक्षित बनाउन आग्रह गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, अशोज २३, २०७३     8:29:33 PM  |