25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

शिखरले मनायो जन्मोत्सव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज ६, २०७३  

कोहलपुर, असोज ६
शिखर सहकारी संस्था लि. कोहलपुरले बुधबार आफ्नो छैठौं जन्मोत्सव मनाएको छ । शिखरले जन्मोत्सवकै अवसरमा सप्ताहव्यापी कार्यक्रम समेत गरेको थियो ।  स्थापनाकालमा १३५ रुपैंयाबाट शुरु गरेको शिखरले ४ करोड भन्दा बढीको कारबार गर्न सफल भएको छ । छैठौं जन्मोत्सव तथा सप्ताह कार्यक्रमको समापन समारोहमा सहकारीले विगतमा सामना गर्नुपरेका चुनौतीको स्मरण गरिएको थियो । जिल्ला सहकारी संघ बाँके अध्यक्ष प्रेम सुवेदीले सहकारीले छोटो समयमै ठूलो उपलब्धि हासिल गरेको भन्दो शुभकामना व्यक्त गरे ।

img_2061

कार्यक्रममा सप्ताहव्यापी कार्यक्रम अन्तरगत गरिएको विभिन्न प्रतियोगिताहरुमा उत्ृकष्ट हुने प्रतियोगीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । साथै अवसरमा सहकारीले संस्थापक २५ जना सदस्यहरुलाई सम्मान समेत गरेको थियो । त्यस्तै सप्ताहव्यापी कार्यक्रमका संयोजकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा साना किसान सहकारी संघ बाँके अध्यक्ष एकता शाह, राष्ट्रिय सहकारी बैंक कोहलपुर शाखा प्रमुख सुरज ददेल, लगायतको उपस्थिति थियो । कार्यक्रम संस्थाका अध्यक्ष नवराज उपाध्यायको सभापतित्वमा भएको थियो ।

प्रकाशित मितिः बिहिबार, अशोज ६, २०७३     12:44:51 PM  |