19 September 2021  |   आइतवार, अशोज ३, २०७८

सालिक  राखिन्छः थापा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ २७, २०७३  

कोहलपुर, भदौ २७
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालगन्जको धम्बोजी चोकमा पूर्वराजा विरेन्द्रको शालिक राखेरै छाड्ने दाबी गरेका छन् । राप्रपा नेपाल बाँके जिल्ला कार्य समितिले आइतबार नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपालगन्जको धम्बोझीमा राखिएको स्वर्गीय पूर्वराजा विरेन्द्रको शालिक प्रति देशव्यापी चर्चा भैरहेको भन्दै राप्रपा नेपालले धम्बोजीमा विरेन्द्रको शालिक राखेरै छाड्ने दाबी गरेका हुन् ।
थापाले वर्तमान सरकारले मधेशको मुद्दालाई एक्लैले सम्बाधेन गर्न नसक्ने बताउनुभएको छ। सरकार बाहिर रहेका नेकपा एमाले र राप्रपा नेपाल विना अहिलेको सरकारको २ तिहाई बहुमत नपुग्ने दावी गर्दै मधेशको मागलाई सम्बोधन गर्छु भन्नु वर्तमान सरकारको प्रयास विफल हुनु रहेको उल्लेख गरे ।

प्रकाशित मितिः सोमवार, भदौ २७, २०७३     11:25:48 AM  |