21 June 2021  |   सोमवार, असार ७, २०७८

सीमामा अन्तरदेशिय मानव साङ्लो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २१, २०७३  

कोहलपुर, भदौ २१
नेपालगञ्ज रुपैडिहा सीमानाका जमुनाहामा अन्तरदेशिय मानव साङ्लो बनाएर मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस मनाइएको छ । मानव साङ्लोमा सहभागी नेपाली तथा भारतीय अधिकारीहरुले मानव बेचबिखन बिरुद्ध एकापसमा हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्वता जनाएका छन् । उनीहरुले एक अर्काको सहयोग बिना मानव बेचबिखन विरुद्व लाग्न नसकिने बताउँदै एक अर्काको सहयोग अपरिहार्य रहेको बताए । “एउटै लक्ष्य एउटै सार मानव बेचबिखन अन्त्य हाम्रो साझा सरोकार” भन्ने नाराका साथ मानव बेचबिखन विरुद्वको राष्ट्रिय दिवस मनाइएको हो । मानव साङ्लोमा नेपाल र भारत तर्फका सरकारी कार्यालयका उच्च अधिकारी, पत्रकार, मानव बेचबिखन बिरुद्ध क्रियाशील गैरसरकारी संस्थाका प्रतिनिधी, यूवा, सुरक्षा निकायका अधिकारी, विद्यार्थी, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो । दशगजा स“गै नेपाल र भारततिरको भूमिमा समेत मानव साङ्लो बनाइएको थियो ।
कार्यक्रममा बोल्दै भारत नानपाराका सहायक प्रमुख जिल्ला अधिकारी एसडिएम एस.पी शुक्लाले सिमाबाट हुने मानव ओसार पसार नियन्त्रण गर्न आफुहरु तयार रहेको बताए । आफुहरुको मात्र नभएर सबैको सहयोग भए मात्र मानव बेचविखन नियन्त्रण गर्न सकिने उनको भनाई रहेको थियो । भारतीय र नेपाली पक्षले संयुक्त रुपमा दशगजा क्षेत्रमा कार्यक्रम गर्दा दुवै देशका जनताहरु खुसी देखिन्थे । केही महिना अघि सम्म मधेशी मार्चाले नाका ठप्प पार्दा दशगजामा बसेर धर्ना दिदा दैनिक जसो प्रहरीस“ग झडप भएर रणभुमीमा परिणत हुने दशगजामा आज भने दुवै देशका अधिकारीहरुले मानव बेचबिखन बिरुद्व लागिपर्ने प्रतिवद्वता जनाएका थिए । बा“केका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सबै एकजुट भए मात्र मानव बेचबिखनलाई अत्न्य गर्न सकिने बताए । कार्यक्रममा बा“केका प्रहरी प्रमुख एसपी टेक प्रसाद राई, भारतीय एसएसबी गौतम कुमार, भारतीय पत्रकार एस के मधेशिया, महिला तथा बालबालिका कार्यालय बा“केकी फोकल पर्सन बिन्दु कु“वर, नेपाल पत्रकार महासंघ बा“केका अध्यक्ष रुद्र सुवेदी लगायतले धारणा राखेका थिए । यस्तै माइती युवा सञ्जालले साइकल ¥याली निकालेको छ । रुपैडिहा सीमानाकाबाट सुरु भएको साइकल ¥याली परस्पुर, राधापुर, सीतापुर, बागेश्वरी, खजुराखुर्द हु“दै नेपालगञ्जको धम्बोझीमा आएर समापन भएको थियो ।

प्रकाशित मितिः मङ्लबार, भदौ २१, २०७३     1:35:03 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *