राम बहादुर रावत
कोहलपुर, भदौ २१

कोहलपुरमा नयाँ प्रविधिका विद्युतीय इ–रिक्सा र अटो रिक्सा भित्रिएपछि पाइडल रिक्साहरु विस्थापित हुन थालेका छन् । इ–रिक्सा र अटो रिक्सा बजारमा छ्याप्छ्याप्ती भित्रन थालेपछि पाइडल रिक्साहरु विस्थापित हुन थालेका हुन् । वर्षौदेखि सञ्चालनमा रहेका पाइडल रिक्साहरुलाई अहिले यात्रु पाउन हम्मे हम्मे छ । विद्युतीय ई–रिक्सा र अटो रिक्सा संचालनमा आए पछि पाइडल रिक्साले यात्रु पाउन छाडेका हुन् ।
कोहलपुर–५ का ठागुलाल थारु दिनभर कोहलपुर बसपार्क आसपासको क्षेत्रमा यात्रुको पखाईमा हुन्छन् । तर यात्रु भने मुस्कीलले मात्रै पाउँछन् । । ‘१२ वर्ष देखि पाइडल रिक्सा चलाउँदै आएको छु’ उनले भने ‘पहिले राम्रै कमाई हुन्थ्यो, आजभोलि मुस्किलले यात्रु पाइन्छ, कहिलेकाँही त दिनभर नै यात्रु पाउँदिन ।’ अहिले यात्रुहरु पनि प्रायः इ–रिक्सामै आवात जावत गर्ने गरेको पाइन्छ । सहज र चाँडो हुने भएकाले पनि यात्रुहरुको रोजाईमा इ–रिक्सा र अटो रिक्सा परेका हुन् ।
२५ वर्ष देखि कोहलपुर क्षेत्रमा रिक्सा चलाउँदै आएका कोहलपुर ४ का सिताराम थारु अहिले समस्यामा परेको बताउँछन् । रिक्सा चलाएरै एक छोरा र एक छोरीलाई विद्यालय पढाउने देखि लिएर घर खर्चको समेत व्यवस्थापन गर्दै आएका उनको अहिले रिक्सा चलाएर भने जति कमाई नभए पछि समस्यामा परेका हुन् । ‘यात्रु नपाएर सिमेन्ट बोक्ने काम गर्छु, त्यहि पनि कहिलेकाँही पाइदैन’ उनले भने ‘अटो रिक्साले हाम्रो खाने गाँसनै बन्द ग¥यो ।’
दिन प्रति दिन इ–रिक्सा र अटो रिक्साको संख्या बढ्दै गए पछि पाइडल रिक्साहरुले यात्रुहरु पाउन छाडेको उनको भनाई छ । पाइडल रिक्सा थन्क्याएर अब गाउँमा गई खेतीपाती गर्र्ने सोच बनाएको उनले बताए । ‘पाइडल रिक्सा चलाएर गुजारा चलाउन निकै गाह्रो भयो’, थारुले भने । यस्तै बाँके नौवस्ता ५ का ललिराम थारुले यात्रुहरु नपाएपछि दिनभरी बसेरै बिताउने गरेको बताए । ‘यस्तै होे भने पाइडल रिक्सा सबै बन्द हुन्छन््, कसरी जीवन चलाउने हो ?’ उनले भने ‘अटो रिक्सा किन्नको लागि पैसा पनि नै छैन, अरु कुनै पेशा गर्ने सोच बनाउँदै छु ।’ कोहलपुरदेखि चिसापानी सम्मका यात्रुहरु पाउने गरेकोमा अहिले कोहलपुर आसपासका लागि पनि यात्रु नपाइने उनले बताए । ‘पुँजी भएकाहरूले अटो रिक्सा किनेर आम्दानी गर्न थालेका छन्’ उनी भन्छन् । नयाँ भित्रिएका इ–रिक्सा र अटो रिक्साका कारण यात्रु नपाएर विस्थापित हुन थालेपछि पाइडल रिक्सा व्यवसायीहरुले आफूहरुको उचित व्यवस्थापनको माग गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्