16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

माछापालन किसानको पोखरीको पानी परिक्षण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ १६, २०७३  

राबन बिश्वकर्मा
बाँसगढी, बर्दिया, भाद्र १६
बाँसगढी नगरपालीका भित्रका माछापालन किसानहरुको पोखरीको पानी परिक्षण गरिएको छ । गौरी शंकर मत्स्य ह्याचरी फर्म सोरहवा २ जगतपुरको आयोजनामा बिहिबार बाँसगढी क्षेत्रका ४३ जना माछापालन किसानहरुको ५४ ओटा पोखरीको पानीको गुणस्तर परिक्षण गरिएको हो । गुणस्तर परिक्षण गर्दा किसानहरुको पानीमा पिएचको मात्रा ठिक रहेको र अधिकांस किसानहरुको पोखरीमा अक्सिजनको मात्रा कमि देखिएको छ । पोखरीको पानीमा अक्सिजनको मात्रा बढाउनको लागी प्रति कक्ठा २५० ग्राम युरिया, डिएपी, खानेभेली र सम्भव भएमा एग्रिमीन ५०० ग्रामलाई पानीमा घोलेर पोखरीमा दिउसो घाँम लागेको समयमा राख्नु पर्ने माछापालन किसानहरुलाई सुझाब दिईएको छ । सोही अबसरमा किसानहरुलाई माछा पालन सम्बन्धी प्रबद्धन मुलक प्रशिक्षण पनि दिईएको छ । पानी गुणस्तर व्यवस्थापन प्राबिधिक चन्द्रप्रकाश लम्साल र गणेश शर्मा लम्सालले माछापालन किसानहरुलाई प्रशिक्षण दिएका थिए । किसानहरुले परम्परागत रुपमा माछा पालन गरि सोचे जति प्रतिफल लिन नसेको हुदा गौरी शंकर मत्स्य ह्याचरीले माछापालन किसानहरुको आर्थिक उन्नतीको लागी बर्दिया जिल्ला भरी घुम्ती पानी परिक्षण शिबिरका साथै परामर्श अभियान सञ्चालन गरिएको छ । अभियान यहि भाद्र महिना भरी सञ्चालन हुने प्राबिधिक लम्साले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, भदौ १६, २०७३     7:15:17 PM  |