29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

जेसीज सप्ताह सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ १६, २०७३  

कोहलपुर, भदौ १६
कोहलपुर जेसीजले साताव्यापी रुपमा जेसीज सप्ताह मनाउने भएको छ । कोहलपुर जेसीजले बिहीबार पत्रकार सम्मेलन गरी भदौ १८ देखी २५ गतेसम्म कोहलपुरमा साताव्यापी रुपमा मनाउने जनाएको छ ।
कार्यक्रममा बोल्दै कोहलपुर जेसीजका अध्यक्ष हेमराज खनाल सन्तोषले कोहलपुर जेसीजले प्रत्येक वर्ष साताव्यापी रुपमा जेसीज सप्ताह मनाउने गरेकोले वार्षिक क्यालेन्डर अनुसार साताव्यापी कार्याक्रमको आयोजना गरिएको बताए । कोहलपुर जेसीजजले कोहलपुर क्षेत्रका युवाहरुलाइ समेट्दै विभिन्न सामाजिक काम गर्दै आएकोले यस वर्ष पनि विभिन्न कार्यक्रम सम्पन्न गर्ने बताए ।

DSC07333
कार्यक्रमको पहिलो दिन शनिबार यस क्षेत्रका बैंकर र जेसीज टिम विच मैत्रीपूर्ण फुटबल प्रतियोगीता, दोस्रो दिन आइतबार तिज विशेष कार्यक्रम, तेस्रो दिन सोमबार स्लो बाइक रेस प्रतियोगीता, चौथो दिन मंगलबार स्वास्थ्य शिविर तथा सरसफाइ कार्यक्रम, पाँचौ दिन बुधबार तालिम, छैटो दिन इन्टर स्कुल गोजरीयो कराँते प्रतियोगीता, र अन्तीम सातौं दिन समापन गरिने कोहलपुर जेसीजकी महासचिव लुना बुढाथोकीले बताए ।

प्रकाशित मितिः बिहिबार, भदौ १६, २०७३     7:13:54 PM  |