27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

बैंकिङ समुदायका प्रमुखहरुका लागि बित्तिय साक्षरता कार्यक्रम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ १३, २०७३  

रावन विश्वकर्मा
बाँसगढी, भदौ १३
जनउत्थान सामुदायिक लघुबित्त बिकास बैंक लि. बर्दिया ककौरा शाखाका बैंकिङ समुदायका प्रमुखहरुको लागि बितिय साक्षरता कार्यक्रम आईतबार बाँसगढीमा सम्पन्न भएको छ ।  बितिय साक्षरता कार्यक्रममा ककौरा शाखाले गठन गरेका बैकिंङ समुदायका प्रमुखहरुलाई बैंकले दिने सेवा सुबिधा, बैंकको कर्जा लगायतका बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा जनउत्थान सामुदायिक लघुबित्त बिकास बैंक लि.केन्द्रिय कार्यालयका कर्जा बिभाग प्रमुख भरत कुमार रसालीले कुनै पनि बैंकबाट कर्जा लिदा घरपरिवार सँग सल्लाह गरेर निश्चित योजना र उदेश्य सहिति लिदा कर्जा लिएको उपलब्धी हुने कुरामा जोड दिए । उनले कर्जा लिएर व्यापार व्यवसाय गर्दा फजुल खर्च घटाएर योजना सहितको खर्च बितरण सहित बचत गर्ने बानीको बिकास गर्न अनुरोध समेत गरे । त्यस्तै बैंकका केन्द्रिय प्रबन्धक दलबहादुर लोहागुनले लघुबित्त बिकास बैंकले फाईदालाई मात्रै नहेरेर सामाजिक चेतनाका कुराहरुलाई उजागर गर्दै पारिष्परि सम्झदारीको बिकासमा समेत टेवा पुर्याएको बताए । उनले बैंकका समुहमा रहेका सदस्यहरुको लागी बिशेष राहतका कार्यक्रमहरुको पनि बिकास गर्दै आएको बताए । कार्यक्रममा ककौरा शाखाका प्रमुख दिपा शाहु, बैंकका कर्मचारीहरु, बैकिंङ समुदायका प्रमुखहरु, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो । लघुबिकास बैंकमा हाल सम्म बर्दिया जिल्लामा ९३ समुहमा गरी १ हजार ३ सय १५ जना सदस्य रहेका छन ।

प्रकाशित मितिः सोमवार, भदौ १३, २०७३     11:53:12 AM  |