5 March 2021  |   शुक्रबार, फाल्गुन २१, २०७७

समावेशी प्यानलको प्रचारप्रसार तीव्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ ९, २०७३  

कोहल,पुर, भदौ ९
नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा समावेशी प्यानलले प्रचार प्रसार तथा मतदातासँगको भेटघाटलाई तिव्रता दिएको छ । समावेशी प्यानलको पक्षमा भोट माग्दै विभिन्न संघ संस्था तथा समुहहरु व्यसायीहरुको घरदैलोमा पुगिरहेका छन् । निर्वाचनको बलियो दाबेदार मानिएको समावेशी प्यानलले निर्वाचन नजिकिएसँगै आफ्नो एजेण्डा लिएर व्यवसायीहरु पुग्ने क्रमलाई पनि आक्रमक पारेको छ । बुधबार विभिन्न महिला समुहरुले नगरका विभिन्न भागहरुमा समावेशी प्यानलको पक्षमा भोट माग्दै हिडेका थिए । मधेशी र मुस्लिम समुदायका महिलाहरुको ठुलो समुहरुले घरबारी टोल, त्रिवेणी मोड लगायतको क्षेत्रमा प्यानलको पक्षमा भोट माग्दै हिडेका थिए ।

14045555_327987490924975_5111280288565857362_n

मुस्लिम र मधेशी महिलाहरु समावेशी प्यानलको पक्षमा भोट माग्दै गर्दा सधै ब्यापार, ब्यवसायमै अल्झिएका ब्यापारीहरु समावेशी प्यालनको पक्षमा देखिन्थे । यसैबिच समावेशी प्यानलबाट अध्यक्षका प्रत्यासी नन्दलाल बैश्य नेत्तृवको उम्मेदवारहरुको समुहले खजुरा, एकलैनी, घरबारीटोल, राँझा, बसपार्क लगायतका ठाउँहरुका मतदातासँग भेटघाट गरेको छ । राप्रपा नेपाल लगाएतका केही दलहरु समावेशी प्यानलको पक्षमा उभिएका छन् ।

प्रकाशित मितिः बिहिबार, भदौ ९, २०७३     9:37:11 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *