मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ २, २०७३
कोहलपुर, भदौ २
हरेक बर्ष अन्तरराष्ट्रिय यूवा दिवसको अवसरमा प्रदान गरिने बास÷ब्राईटल्याण्ड युवा पुरस्कार बुधबार सवनम प्रविनलाई प्रदान गरिएको छ । नगद १२ हजार सहित प्रविनलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो । बास र ब्राईटल्याण्ड स्कुलद्धारा प्रदान गरिने पुरस्कार प्रदान कार्यक्रमसँगै इन्पेयरिङ युथ कार्यक्रमको समेत आयोजना गरिएको छ । जसमा म्याराथन धावक बैकुण्ठ मानन्धर उत्प्रेरक बक्ताको रुपमा रहेका थिए । २०११ देखि शुरु भएको उक्त अवार्ड २०११ मा युवा खेलाडी बिनु थापा मगर, २०१२ मा पत्रकार भेषराज बस्नेत, २०१३ मा कलाकार प्रसान्त के.सी., २०१४ मा शिक्षा क्षेत्रमा सक्रिय किशोर मल्ल, २०१५ मा निर्देशक राज बहादुर सानेलाई प्रदान गरिएको आयोजकले जनाएको छ ।