कोहलपुर, भदौ २
विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल
(क्रान्तिकारी) बाँकेले ले शिक्षा क्षेत्रमा मौलाएको विकृती अन्त्य हुनुपर्ने माग राख्दै बुधबार कोहलपुरस्थित सिटिईभिटी पश्चिम क्षेत्र क्षेत्रिय कार्यालयमा ज्ञापन बुझाएको छ । केन्द्रीय कार्यक्रम अनुसार ६ बुँदे ज्ञापन पत्र बुझाइएको अखिल (क्रान्तिकारी) बाँके अध्यक्ष भरत रावलले बताए । अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष भरत रावल नेतृत्वको टोलीले सिटिईभिटीका निमित्त कार्यालय प्रमुख प्रेम प्रसाद पोखरेललाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा सिटिईभिटीले निर्धारण गरेको शुल्क भन्दा बढी शुल्क लगिरहेका कलेजहरु बन्द गर्नुपर्ने र बढी लिइएको शुल्क फिर्ता गर्नुपर्ने, पाठ्यक्रम अनुसार प्रयाक्टीकल गरिनुपर्ने, विद्यार्थीलाई दिनुपर्ने सम्पुर्ण सुविधा दिनुपर्ने, विद्यार्थीहरुबाट विभिन्न शिर्षकमा शुल्क लिएर पैसा असुली गर्ने कार्य बन्द हुनु पर्ने, सबै कलेजमा नागरिक वडापत्र राखिनु पर्ने र कलेजमा अनुशासनको लागि भनेर राखिने अनुशासन इन्चार्जको नाममा गुण्डा इन्चार्ज राख्ने व्यवस्था तत्काल खारेज गर्नुपर्ने उल्लेख गरिएको छ ।