17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

चिडिमार समुदायको गुनासो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ १, २०७३  

कोहलपुर, भदौ १
बाँकेको सम्शेरगन्ज ७ हवल्दारपुरमा विगत लामो समयदेखि बसोवास गर्दै आएका चिडिमार समुदायको आफ्नो जग्गा नाममा छैन । २३ घरधुरी रहेको चिडिमार समुदायमा १ सय १० जना जनसंख्या रहेका छन् । ७० वर्ष देखि बसोबास गर्दै आइरहेका चिडिमार समुदायले आफूहरुलाई राज्यले वेवास्ता गरेको गुनासो गरेका छन् । जंगलमा गई चरा समात्ने र नजिकको बजारमा लिएर विक्री गर्ने उनिहरुको मुख्य पेसा रहेको चिडिमारहरुले बताउँछन् । केही बर्ष यता जंगल फडानीका कारण उनिहरुके चरा समात्ने पेशा पनि संकटमा परेको उनिहरुले दुखेसो गरेका छन् । चिडिमार समुदायका मानिसहरु प्रायः सबैजसो अहिले नेपालगन्जको प्रचण्ड गर्मीमा दैनिक जसो मजदुरी गर्न जाने गरेका छन् । जग्गाको लालपुर्जा नभएका कारण उनिहरु बिजुलीको सेवाबाट बञ्चित छन् । चुनावको बेला विभिन्न राजनीतिक दलहरुले उनिहरुलाई विभिन्न आश्वासन दिएर फकाउने गरेपनि चुनावपछि मुख नदेखाउने अर्का राजेश्दर चिडिमारले दुखेसो गरे । मंगलबार त्रिवेणी विकास समाज सम्शरगन्जको आयोजना र संस्थागत विकास संजाल ललितपुरको साझेदारीमा आयोजित चिडिमार समुदायको भुमिअधिकार विषयक अन्तक्रिया कार्यक्रममा उनिहरु यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा विभिन्न राजनीतिकदल, शिक्षक, चिडिमार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बुधबार, भदौ १, २०७३     11:15:06 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *