23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

जथाभावी टाँगिएका बोर्डले कोहलपुर नगर कुरुप बन्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन ३२, २०७३  

केशव राना
कोहलपुर, साउन ३२
बिजुलीका पोलमा जथाभावी टांगिएका क्याम्पस, इन्स्टिच्युट, पसल लगायतका विज्ञापन बोर्डले कोहलपुर बजार कुरुप देखिन थालेको छ । यहाँका क्याम्पस, इन्स्टिच्युट र व्यापारीहरुले बिजुलीका पोललाई निःशुल्क विज्ञापन गर्ने राम्रो माध्यम बनाएका छन् ।
यतिसम्मकी बिजुलीका पोलमा मात्रै विज्ञापन बोर्ड, पर्चा, पम्पलेट टाँसेर भएन अब सडक बत्तीका पोलमा पनि त्यस्ता अवैध रुपमा विज्ञापन गरिएका छन् । महिनौं देखि सडक वत्ती बल्न नसकेको सो पोल विज्ञापन गर्ने राम्रो माध्यम भने बनेको छ । स्कुल, कलेज, इन्स्च्युटका बोर्डहरुले रंगिएका छन् ।

IMG_0659
यसरी अव्यवस्थित रुपमा बोर्डहरु राखिँदा नगर नै फोहोर देखिन थालेको कोहलपुरका बुद्धिजिवी तथा व्यापारी सागर गैरेले बताए । ‘मैले आफ्नो वरपरका साथीभाइहरुलाई बोर्ड नराख्न भनेको छु’ उनले भने ‘मेरो पसल अगाडिको पोलमा बियरका प्रचारप्रसार गरिएको थियो, त्यहाँ मैले हटाउन लगाएँ ।’ बिजुलीका पोलहरुमा अवैध रुपमा विज्ञापन गर्दा पनि यहाँका सचेतवर्ग भने मौन छ । बिजुलीका पोल र अन्य सार्वजनिक स्थलमा टाँसिएका पर्चा पम्पलेटका कारण पनि नगर दिनप्रतिदिन कुरुप बन्दै गइरहेको छ । फोरलेन सडक बनेसँगै कोहलपुरले विकासमा फड्को मार्ने विश्वास गरिएको थियो । तर, त्यो विश्वास भने विश्वासमै सीमित हुन पुगेको छ । यस्ता बोर्ड र पर्चापम्पलेटले कोहलपुर बजारको सौन्दर्यमा ह्रास ल्याएको छ । सार्वजनिक स्थलदेखि व्यक्तिको घरका भित्ताहरु समेत पर्चा पम्पलेटले र“गिदै गएको छ । सार्वजनिक ठाउ“मा पर्चा पम्लेट टा“स्दा पनि सरोकारवाला निकाय पनि मौन बस्दा यसरी पर्चा पम्पलेट र बोर्डहरु जथाभावी राख्नेको मनोबल झन् बढ्दै गएको छ । कोहलपुर नगरपालिकाले कोहलपुरलाई फोहोरमुक्त तथा व्यवस्थित नगर बनाउन अभियान थालेको थियो । तर, त्यो अभियानले पनि सार्थकता पाउन सकेको छैन । कोहलपुर उद्योग व्यापार संघले व्यापारीहरुमा यस विषयमा सचेतना जगाउन नसकेको
देखिन्छ । संघका अध्यक्ष नरेन्द्रप्रसाद शर्माले व्यापारीहरुलाई यस विषयमा सचेत गराएको तर, त्यसको कार्यान्वयन भने नभएको बताए । उनले क्षेत्रीय ट्राफिकमा भएको छलफलले सडकपेटीका सामानहरु हटाउने र अवैध रुपमा राखिएका बोर्डहरु पनि हटाउने निर्णय भएको उनले जानकारी दिए ।
यता विज्ञापन बोर्डलाई व्यवस्थित गर्नेबारेमा अहिलेसम्म कोहलपुर नगरपालिकाले कुनै पनि कार्ययोजना बनाएको छैन । कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत माधवप्रसाद शर्माले यस विषयमा चाँडै नै निकास दिने बताएका छन् । हप्तादिनभित्र यस विषयमा छलफल गरी व्यवस्थापन गर्नतर्फ लाग्ने उनको भनाई छ । धेरै कामहरु गर्न बाँकी रहेको बताउँदै उनले भने ‘कोहलपुरको विकासका लागि अब खटेर काम गर्नेछु ।’ उनले सार्वजनिक स्थानमा जथाभावी टाँसीएका पर्चा पम्पलेट, बोर्डहरुलाई निरुत्साहित गर्ने तयारी थाल्ने बताए ।

प्रकाशित मितिः मङ्लबार, साउन ३२, २०७३     9:52:42 AM  |