27 September 2021  |   सोमवार, अशोज ११, २०७८

जिप तथा अटो रिक्साले बढाए भाडा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन ३१, २०७३  

बाँसगढी, साउन ३१ बाँसगढी देखि मैनापोखर सम्म जाने जिप तथा अटो रिक्साले आफु खुसी भाडा बढाएका छन् । नेपाल सरकारले निश्चित भाडा दर तोके पनि मैनापोखर बाँसगढी चल्ने जिप तथा अटो रिक्साले आफु खुसी २० रुपैयाँको दरले बढी भाडा लिने गरेका छन् । करिब ८ किलो मिटर रहेको दुरीमा पहिले जिपले ४० र अटो रिक्साले ५० लिने गरेकोमा अहिले जिपले ६० र अटो रिक्साले ७० भाडा लिने गरेका छन् ।
बाँके नौबस्ता ८ पिपल डाराका यात्रू जैसिन परियारले भने जति भाडा लिए पनि अहिले अटो रिक्सा र जिप दुबै भएकाले आवतजावत गर्न सजिलो भएको बताए ।  त्यस्तै बाँसगढी अटो रिक्सा समितिका अध्यक्ष गोकुल प्रसाद थारुले जिपले भाडा बढाएकाले आफुहरुले पनि भाडा बढाएको बताए । नेपाल यातायात ब्यवसायि राष्ट्रिय महासंघको भेरी अञ्चलका संयोजक टंक प्रसाद बस्यालले भने छोटो मझौला भएर सावारी साधनको भाडा दर तोकेको बताए । उनले २०७१ माघ २६ गते कायम भएको भाडा दर अनुसार ० किलोमिटर देखि ४ किलो मिटरलाई १३ रुपैयाँ, ० किलो मिटर देखि १९ किलोमिटर सम्मको २५ रुपैयाँ र बाँसगढी तिरको १९ किलोमिटरको २५ रुपैयाँ र त्यो भन्दा माथिको किलोमिटरको २ रुपैयाँ ८० पैसाको हिसावले भाडा दर तोकिएको बताए ।

प्रकाशित मितिः सोमवार, साउन ३१, २०७३     11:51:21 AM  |