6 March 2021  |   शनिबार, फाल्गुन २२, २०७७

क्रिकेट खेलाडीलाई छात्रवृत्ति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन ३१, २०७३  

कोहलपुर, साउन ३१मध्यपश्चिम क्रिकेट क्लबले एकजना खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ । क्रिकेट खेलाडी दिपेन्द्र रावतलाई मध्यपश्चिमका कार्यबाहक अध्यक्ष संगिन शर्माले २० प्रतिशत र सचिव केशव रानाले २० प्रतिशत गरी ४० प्रतिशत शैक्षिक छात्रवृत्ति प्रदान गरेका हुन् । आइतबार कोहलपुरमा एक कार्यक्रमको आयोजना गर्दै खेलाडी रावतलाई छात्रवृत्ति प्रदान गरिएको हो । खेलाडी रावत बागेश्वरी एकडेमीमा कक्षा ९ मा अध्ययनरत छन् । उनले काठमाण्डौंमा भएको यू–१६ राष्ट्रपतिकप राष्ट्रिय क्रिकेट प्रतियोगीतामा पनि भाग लिइसकेका छन् । त्यस्तै कोहलपुरमा भएको यू–१७ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रकाशित मितिः सोमवार, साउन ३१, २०७३     11:42:50 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *